दिल्ली पब्लिक स्कूलमा बार्षिक खेलकुद दिवस सम्पन्न

धरान । विगत २१ बर्षदेखि गुणस्तरीय शिक्षामा समर्पित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाताभित्र सञ्चालित दिल्ली पब्लिक स्कुलले गत शुक्रबार बार्षिक खेलकुद दिवस सम्पन्न गरेको छ ।
स्कुलको आफ्नै खेल मैदानमा नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीहरुको सहभागिता रहेको उक्त खेलकुद दिवसको भारतीय दुतावास पेन्सन वितरण कार्यालय धरानका  प्रभारी अधिकारी मेजर भरत कनौजिया, इसिएचएस (ECHS) प्रमुख मेजर डा. मुरली कृष्ण, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शैक्षिक डिन डा. शिवेन्द्र झा, स्कुलका प्रिन्सिपल पि.के. शंकरालिंघमले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।


नेपाली राष्ट्रिय गीत, संगीत, नृत्यसँगै विद्यार्थीहरुका अभिभावक, धरानका लब्ध प्रतिष्ठित व्यक्तित्व एवम् सामाजिक अभियन्ताहरुको आतिथ्य  रहेको कार्यक्रमलाई थप भव्यता प्रदान गर्न ओलम्पिक लाइट जलाउँदै मार्चपास गरिएको थियो । विद्यालयले विगत तीन महिनादेखि इन्टर हाउस प्रतियोगिताको आयोजना गर्दै आएको थियो । इन्टर हाउसमा चार वटा टिमहरु रहेका थिए । जसमा
सगरमाथा, अन्नपूर्ण, कञ्चनजंघा र धौलागिरी रहेका छन् । बार्षिक खेलकुद दिवसका दिन प्रिनर्सरी देखि कक्षा ३ सम्मका विद्यार्थीहरुलाई मात्र सहभागी गराइएको थियो । स्पोर्टस् डेमाचाहिँ विगत तीन महिनादेखि भएका खेलहरुको रिजल्ट दिने काम भएको थियो । विद्यालयका स्पोर्टस् टिचर युवराज राईका अनुसार दुई तीन महिना अगाडिदेखि नै गेमहरु शुरु भएको थियो त्यसको रिजल्ट स्पोर्ट डेमा दिएका हौ र पुरकार वितरण गरिएको हो । अगाडिका खेलहरुमा भलिवल, फुटबल, क्रिकेट, बास्केटबल, एक सय मिटर, ४ सय मिटर, रिले, लङ्गजम, डान्स, म्युजिक, हाजिरी जवाफ, वतृत्वकला लगायतका प्रतियागिता भएका थिए । ओभरहलमा सगरमाथा प्रतियोगितामा विजयी भएको थियो । हरेक विधामा विजेता खेलाडीहरुलाई विद्यालयका प्रिन्सिपल पि.के. शंकरालिंगम, प्रतिष्ठानका शैक्षिक डिन. डा. शिवेन्द्र झाले संयुक्त रुपमा पुरस्कार वितरण गर्नुभएको थियो । स्पोर्टस डेका सहभागी सबैलाई स्कुलका प्रिन्सिपल शंकरालिंगमले स्वागत गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया