अक्षम राजनैतिक नेतृत्वले आगामी दिनमा अरु कैयौलाई जल्न बाध्य बनाउदै छ

संसद भवनमा जहाँ जनताले चुनेर पठाएका जन प्रतिनिधिहरुले जनताको यावत समस्या समाधानका लागि सरकार सञ्चालनको तहमा बसकोहरुसाग आवाज उठाउनुपर्नै होे, सरल कानुनका प्रावधानहरु पारित गनुपर्ने हो तर त्यही संसद भवन अगाडि मुलुकमै केही गर्छु भन्ने नागरिकले आत्मदह गर्छ भने वर्तमान सरकार, कथित जनप्रतिनिधिहरुको आवश्यकताप्रति प्रश्नचिन्ह खडा भएको छ ।
२०६२÷०६३ को औचित्यहीन, कथित र वाह्य निर्देशनमा सञ्चालित जन आन्दोलन पश्चात नेपालका आम सर्वसाधारण नागरिकहरुले आफ्नै देशमा केही गरेर बाँच्ने वातावरणको अन्त्य भएको छ । विगत १६ बर्ष यता सर्वसाधारण नागरिक बाँच्नै नसक्ने अवस्थामा पुगेका छन् । आफ्नो ऊर्जावान समय या त खाँडी मुलुकको एक सय डिग्री तापक्रममा रगत पसिना बगाएर परिवारको भरणपोषण गर्नुपरेको छ या त जीवन समाप्तीको बाटो रोज्नु परेको छ ।
तर तिनै जनताको मत लिएर शासक बनेकाहरुलाई जनताले भोग्नुपरेको पीडा र मृत्युले कही कतै छुँदैन, हिनताबोध हुँदैन । पछिल्लो पटक अर्थात गत मंगलबार इलाम पञ्चकन्या ६ का ३६ बर्षीय प्रेमप्रसाद आचार्यले संसद भवन अगाडि आफैले आफूलाई पेट्रोल खन्याई जलाए । उनको शरीर जल्दै गर्दा उनको मुखबाट निस्किएको चिच्याहाटले कसको मन रुदैन ? कस्लाई असाध्यै पीडा भएन ? तर त्यही समय राज्यको स्रोत साधनमा उन्मत्त भएका प्रधानमन्त्री, सुरक्षाकर्मीको सलौट खाँदै स्कर्टिङ्गमा दौडिए । ज्युँउदो मानव शरीर जल्दै गरेको कारुणिक दृश्यले उनलाई कही कतै छुएन । आचार्यले किन आत्महत्या गरे भन्ने अन्तर्गतसमेत उनले गहिरिएर बुझ्न चाहेनन् । उनी वास्तवमै जनताका शासक थिए भने त्यही रोक्ने थिए, आचार्यको शरीरको आगो निभाउन उनका अघि पछि लागेका लावा लस्कर सुरक्षाकर्मीलाई निर्देशन दिने थिए । तर त्यहाँ आचार्य जलिरहे, शासक बिना संकोच, बिना हिच्किहाट अगाडि बढिरहे । आचार्यको मृत्युले यहाँका राजनैतिक दल, समाजसेवी, सामाजिक अभियन्ता, निकम्बा घुस्याहा प्रहरी प्रशासन, सरकार सबैलाई अक्षम र कायताको कसीमा उभ्याइदिएको छ ।
आचार्यले मात्र होइन यो मुलुकमा आचार्यको नियतिबाट धेरैले आफ्नो जीवन समाप्त पारेका छन् । फरक यति हो आचार्यले संसद भवन अगाडि आत्मदाह गरे भने अन्यले आफ्नै गाउँ ठाउँमा यस्तो नियतिबाट आफूलाई समाप्त पारेका छन् । राज्यले आफ्ना नागरिकको जीवन रक्षाका लागि गरिखाने वातावरण सिर्जनाको लागि उपयुक्त वातावरण सिर्जना गर्नुपर्ने हो तर राज्यको ध्यान यसतर्फ कहिल्यै गएन । सामान्य व्यवसाय गर्दा पनि बैंकको चर्को व्याज, राजनैतिक दलहरुको गुण्डा आतंक, घुस्याहा राजस्व प्रशासनको आतंक व्यहोर्नु पर्छ । कतिसम्म भने कर तिर्दा पनि कर्मचारीहरुलाई घुस खुवाउनुपर्ने मेरो देश कठै †
आचार्यले आत्मदह गर्नु भन्दा अगाडि सामाजिक सञ्जालमा बडो मर्मस्पर्शी स्टाटस लेखेका छन् । उनको स्टाटसले हरेक नागरिकको आँखा रसाएको छ, मन मुटु भक्कानिएको छ । उनले स्टाटसमा भनेका छन् केही समय फ्रि बसेर एउटा भेइकल रेन्टल कम्पनी काठमाण्डौमा काम गर्न थाले । जसो तसो ज्यान पाल्ने मेलो त बन्यो तर परिवार छोरा छोरीलाई खोइ ? त्यत्रो ऋण तिर्ने आधार खोई ? ६० लाख ऋण छ । श्रीमतिलाई घरमा जतिखेर टर्चर छ । हुँदा हुँदा श्रीमतिले पनि आत्महत्याको प्रयास गर्न थालिन, मलाई त्यही आसयको मेसेज लेख्न थालिन, उनी पनि डिप्रेशन भइसकिन । श्रीमति र म को पहिला सुसाइट गर्ने भन्ने साइलेन्स प्रतिष्पर्धा चलिरहेको अवस्थामा मेले नै चोला बिसाउने निर्णय गरेँ । मलाई बचाउने प्रयास कसैले नगर्नु होला । बाँचिगए पनि फेरि मर्नेछु । प्रहरीले पक्राउ ग¥यो भने जेलमा नै आत्महत्या गर्नुछुृ । म क्रान्ति गर्दैछु । म जस्तै केही गर्छु भन्नलाई सरकारले सहयोग गरोस् ।

तपाईको प्रतिक्रिया