धरान । नेपाल प्रेस युनियन प्रदेश न. १ को आइतबार विराटनगरमा भएको प्रथम अधिवेशनले अध्यक्षमा मिनकुमार नवोदित श्रेष्ठलाई निर्विरोध निर्वाचित गरेको छ । आगामी तीन बर्षे कार्यकालका लागि युनियनका अन्य पदाधिकारीहरु समेत निर्विरोध चयन गरेको छ । नेपाली काँग्रेसँग निकट रहेको सञ्चारकर्मीहरुको संगठन नेपाल प्रेस युनियन प्रदेश नं. १ को प्रथम अधिवेशनमा संस्थापन पक्षले बखेडा झिकेपछि सर्वसम्मत नेतृत्व चयनका लागि युनियनका वर्तमान र पूर्व पदाधिकारी रहेको एक समिति नै बनाउनु परेको थियो । बन्दसत्रले दिएको म्यान्डेट अनुरुप प्रदेश १मा अध्यक्ष सहित २९जनाको कार्यसमिति घोषणा गरिएको थियो ।

युनियको उपाध्यक्षमा ज्ञानेन्द्र निरौला, जयन्तिकला तामाङ, शारदा तामाङ, महासचिवमा सञ्जिव वाग्ले, सचिवमा विनय बाराकोटी, सरोज राठी, सरला रेग्मी, कोषाध्यक्षमा कविराज घिमिरे रहनु भएको छ । यसैगरी सदस्यहरुमा मोरङबाट चुमन बस्नेत, दिनेश गिरी,भोजपुरबाट निरोज कोइराला, धनकुटाबाट नरेन्द्र राई, इलाबाट विनुप्रसाद खड्का, तेह्रथुमबाट प्रकाश पाक्सवा, सोलुबाट शिखरजंग श्रेष्ठ, ताप्लेजु«बाट दिपक काफ्ले, मोरङबाट निशा दाहाल, खोटाङबाट रमिला सुवेदी, पाँचथरबाट संगीता सुहाङ, झापाबाट कल्पना कडरिया, मोरङबाट हिमांसु राय, संखुवासभाबाट सुजन बज्राचार्य, ओखलढुंगाबाट इश्वर चर्माकार, उदयपुरबाट भास्कर चौधरी, सुनसरीबाट आशिष यादव, खोटाङबाट खिलन राई, झापाबाट खेमराज बराल, सुनसरीबाट जीवन फुयाँल निर्विरोध चयन हुनुभएको छ । यसैगरी लेखा समितिको संयोजकमा लक्ष्मी गौतम र सदस्यमा कृष्ण बस्नेत, पदमसुन्दर लामिछानेलाई निर्विरोध निर्वाचित गरिएको छ ।
