झापा । झापाको बुद्धशान्ति गाउँपालिका–३ बुधबारे बजारबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार साँझ साढे ६ बजे इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको हो । चारआलीबाट बुधबारे तर्फ आउदै गरेको प्रदेश १–०१–००२ ह ३५६ नम्बरको अटोमा लुकाएर ल्याउदै गरेका
अवस्थामा ५ ग्राम ११० मिलिग्राम ब्राउन सुगरसहित २४ बर्षीय अजय तामाङ र १९ बषीय सन्देश राई र २० बर्षीय सन्तोष राजवंशीलाई प्रहरीले पक्राउ गरेको हो । तामाङ अटो चालक हुन् भने राई र राजबंशीलाई सोही अटोमा सवार रहेका रहेका थिए । पक्राउ परेका उनीहरुलाईे ईलाका प्रहरी कार्यालय धुलबारी झापाबाट थप अनुसन्धान भइरहेको
छ ।
