धरानेहरुले सम्झिए श्रेष्ठलाई

धरान । अत्यन्तै सरल, मृदुभाषी, प्रष्ट बक्ता शंकरमान श्रेष्ठलाई धरानेहरुले गत हप्ता श्रद्धाञ्जली सभाको आयोजना गरेर सम्झिएका छन् । पेशाले रजिष्टर्ड समेत रहनु भएका श्रेष्ठको २०७९ मंसिर १२ गते असमायिक निधन भएको  थियो । स्व. श्रेष्ठको ४५ औं पुष्य तिथिका अवसरमा धरान जेसिजको व्यानरमा वृहत शोकसभाको आयाजना गर्दै  धरानेहरुले भावविभोर भएर जीवन पर्यन्तसम्म उहाँले शैक्षिक, सामाजिक क्षेत्रमा पु¥याउनु भएको योगदानको स्मरण गरेका थिए ।


स्व. श्रेष्ठले सन् १९७७ मा धरान जेसिजको सदस्यता लिएर सामाजिक क्षेत्रमा आफूलाई सरिक गराउनु भएको थियो । धरान जेसिजमार्फत सामाजिक सेवामा दत्तचित्त भएर लाग्नु भएका उहाँलाई धरान जेसिजका भिष्म पिताको उपनामले समेत सहभागीहरुले  स्मरण गरेका थिए । उहाँ धरान जेसिजको सन् १९८२ का अध्यक्ष, १९८३ को राष्ट्रिय उपाध्यक्ष, १९८४ मा राष्ट्रिय कार्यकारी उपाध्यक्ष समेत हुन भएको थियो । धरान जेसिजको आथित्यमा सन् १९८४ मा सम्पन्न क्षेत्र ‘क’ सम्मेलनको निर्देशक, सन् १९८८ मा धरान जेसिजले पहिलो पटक आतिथ्य गरेको नेपाल जेसिजको महाधिवेशनको महाधिवेशन निर्देशक भएर श्रेष्ठले कुशल नेतृत्व गर्नुभएको थियो । यतिमात्र नभएर धरान जेसिजले आतिथ्यता गरेको सन् २००७ मा क्षेत्र ‘क’ सम्मेलन, २००० मा सम्पन्न २७ औं राष्ट्रिय महाधिवेशनमा उहाँको कुशल नेतृत्वको नेपालभरि प्रशंसा गरिएको थियो । स्व. श्रेष्ठको दुई छोरा र श्रीमति रहनु भएको छ ।

तपाईको प्रतिक्रिया