खेलाडीको घर टहरा निर्माण गर्न जापानको सहयोग

काठमाडौं । जापानका खेल संस्थाले नेपाली खेलाडीहरुको घर टहरा निर्माणका लागि सहयोग हस्तान्तरण गरेका छन् ।
गत बैशाख १२ गते गएको शक्तिशाली भूकम्पबाट प्रभावित वेशवल खेलाडीहरुको लागि लालीगुरास क्लब जापान र योदोगावा जापानले सयुक्त रुपमा घर टहरा र्निमाणका लागि आवश्यक सामाग्री सहयोग हस्तान्तरण गरेको हो ।
भक्तपुरको चाागुनारायण नगरपालीका छालिङ्गका ३५ वटा घर टहरा निर्माणको लागी आवश्यक जस्तापाता , चामल , लत्ता कपडा लगायतका आवश्यक सामाग्री सहयोग हस्तान्तरण गरेको हो ।
पहिलो चरण अन्तरगतको सहयोग क्लबका अध्यक्ष योही कोबायासी र महासचिव सुजुकी हिदेतोसीले हस्तान्तरण गरे । पााच दिनका लागि नेपाल आएको टोलीले वेशवल खेलाडीहरुको लागी दीर्घकालीन आवास पुर्नस्थापनाको विशेष कार्यक्रम घोषण गर्ने पनि जानकारी
गराएको छ ।
क्लबका अध्यक्ष योही कोबायासीले भूकम्पका कारण लाखौं जनता प्रभावित भएको र प्रभावित अधिकांशको जीवन बचाउन सहयोग आवश्यक भएको भन्दै सहयोगको राशी बढाउन अन्र्तराष्ट्रिय समुदाय र जापान सरकारसाग आग्रह समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया