वास्तविक पीडितले अझै राहत पाएनन्

धरान / भुकम्प गएको १७ दिन वितिसक्दा पनि सरकारी सहयोग तथा
राहत नपुगेको स्थानमा विभिन्न संघ संस्थाहरुले राहत वितरण गरेकोले पीडितले थोरै भएपनि राहत महसुस गरेको भुकम्पीय क्षेत्रमा पुगेर आएका विभिन्न संघ संस्थाले जानकारी दिएका छन् ।
धरानमा रहेका एक दर्जनभन्दा बढी सघ संस्थाले राहत संकलन गरे पनि थोरैले मात्रै पीडित भएसम्म पुगेर राहत वितरण गरेकोले राहत प्रभावकारी नभएको भन्दै यस्ता संघ संस्थाले उठाएको रकम स्वयम् आफै गएर राहत वितरण गर्न सके उनीहरुले धेैरै राहत पाउनसक्ने भन्दै उठाएको रकम जोखिम मलेरै भएपनि त्यस स्थानमा पुर्‍याउन आग्रह गरेका छन् ।
धरानमा रहेका यस्ता संघ संस्थामध्ये सुनसरी एम्बुलेन्स संघले सिन्धुपाल्चोकको सागा गाििवस वडा नं. ९ तथा र काभ्रप्लानचौकको धुलिखेल अस्पतालमा १० लाख बराबरको विभिन्न राहत बोकेर अध्यक्ष रामनारायण मण्डलसहितको १६ जनाको टोली पहिलोपटक पुग्दा त्यहा अत्यन्तै भयावह अवस्था देखिएको उनीहरुले अनुभव साटेका छन् । वैसाख २० गते हिडेको त्यो टोली सिन्धुपाल्चोकको सागामा पुग्न भुकम्पले भत्काएको सडक अवरुद्ध भएका कारण हटाउदै त्यस स्थानमा पुग्दा सरकारी स्तरबाट कुनै किसिमको सहयोग नपुगेको स्थानीयहरुले गुनासो गरेको संघका अध्यक्ष रामनारायण मण्डलले जानकारी दिनुभयो ।
हाले घरवारविहीन रहेका उनीहरुलाई पहिलोपटक आफूहरुले विभिन्न खाद्यान्न सामाग्री, तेल, नुन, विस्कुट, लत्ताकपडा, त्रिपाल र म्याट लिएर पुग्दा उनीहरु यी राहत सामाग्रीमा तछाडमछाड गरिरहेको पीडिहरु भेट्दा आफूहरुको हृदय नै छिया छिया बनेको उहाले बताउनुभयो ।
अन्य सामाग्री भन्दा पनि ओछ्याउने म्याट र छाउने त्रिपालको महत्व बढी भएको बताउदै खाद्यान्नसंगै ओत लाग्ने सामान समेत राहत पुर्‍याउने संघ संस्थाले लगिदिए पीडितहरुको अझ उद्धार हुने अध्यक्ष मण्डलको आग्रह
छ ।
धुलिखेल र सिंधुपाल्चोककको एक हप्ताको बसाईमा सरकारी स्तरबाट
राहतको कार्यक्रम शून्य रहेको पाइएको संघका सदस्य चिरन्जवी अर्यालले जानकारी दिनुभयो । पहुच पुगेकालाई दुई देखि तीन पटकसम्म राहतको सामाग्री पुगेपनि धेरै पीडितहरुले अहिलेसम्म केही नपाएको गुनासो उनीहरुले गर्ने गरेको अर्यालको भनाई छ । नीजि क्षेत्रबाट लगेका राहत समेत बाटोघाटोका कारण अत्यन्तै दुर्गम स्थल पुग्न नसकेको खाली सदरमुकाममै सीमित भएको भन्दै वास्तविक पीडितसम्म पुगी त्यहाको आवश्यकता अनुरुप राहत वितरण गर्दा प्रभावकारी हुने अर्यालको भनाई छ ।
अन्य क्षेत्रबाट भुकम्पले धेरै जनजनको क्षति पुगेको सिन्धुपाल्चोकमा अहिलेसम्म सरकारी निकायको आखा नपुगेको प्रति एम्बुलेन्स चालकहरु आश्चर्यचकित बनेका छन् । निजी क्षेत्रबाट सहयोग उपलब्ध नहुने हो भने हालसम्म धेरैले ज्यान गुमाउनुपरेको बताउदै त्यस क्षेत्रमा सरकारले चिकित्सकको टोली नपठाए दुर्घन्धले गाउा नै माहामारीबाट ग्रसित हुने चालकहरुको भनाई
छ ।
करिब दुई हप्ता लगाएर संकलन गरेको यो रकम बराबरको सामाग्री जोखिम मोलेर भएपनि दुर्गम स्थलसम्म पुर्‍याउन सफल भएको भन्दै १६ जना चालकलाई अन्य एम्बुलेन्स चालकहरुले धरानमा सम्मान समेत गरे ।संघले आजै विगत ५ बर्षदेखि व्रेन ट्युमर भएर पनि आर्थिक अवस्था कमजोर रहेका धरान ८ का सन्तोष बराइलीलाई आजै ११ हजार रुपैया सहयोग गरेको छ ।

तपाईको प्रतिक्रिया