हम कभी नही सुंध्रंगे
हिन्दीमा एउटा उखान छ हम कभी नही सुंध्रेगे । यतिबेला यो उखान ठ्याक्कै माउवादीका नेताहरुमा लागू भा’छ । कुकुरको पुच्छर १२ बर्ष ढुंग्रामा हाल्दा बरु ढुंगै बाागो हुन्छ तर त्यो पुच्छर सिधा हुादैन भनेर त हाम्रा बाबुबाजे पनि भन्थे । अब हेरौ न देशाा यत्रो ठूलो भुकम्पको विपत्ति आ’छ सरकार वाल्वाटारतिरै ढुसुढुसु उागेर बस्या छ । मर्ने मरिरहेका छन्, बााचेका घाइतेहरुसाग निजी अस्पतालले मुर्र्याएर ढेवा असुली
गरेको छ । मनकारी सामाजिक संघ सस्था, व्यक्तिहरुले यसो राहत संकलन गरेर पीडितसम्म लैजादा पनि माउवादीका नेताहरुले देखि सहेनन् । बीचैबाट राहत लुट्न उनीहरुले आफ्ना भाते कार्यकर्ता परिचालन गर्या छन् । विचरा घाइतेललाई पुर्याउन हिाडेकाहरु राहत बीचैबाट लुटियो भनेर फर्केर आउाछन्. । अस्तिका दिन गोर्खामा प्रचण्डाउकी पुत्र रेणु दाहालले आफ्ना क्रान्तिकारी भिजिलान्ते प्रयोग गरेर राहत लुटिछन् । चौतफी विरोध भएसी उन्ले भनिन् हिसिलाको निर्देशनमा हाम्ले राहत लुट्या हौं । ढााटेको कुरा काटे मिल्दैन भन्या यही हो । आखिरी राहत लुट्ने त माउवादी नै रै’छन् । राहत बााड्न गएका र राहत पाउने आशा गरेकाहरुले यसलाई अनौठो भने मान्दै मानेनन् । हिजो लुटेरै आका हुन आज लुट्दा के आश्चर्य मान्नु ? कि कसो हौ ?
भुत्राको कारबाही
कहिलेकाहीा त घण्टाघरलाई पनि त्यसै–त्यसै हिरिक्क भएर हाास्न मन लाग्छ । अस्तिका दिन सरकारले काठमाण्डौका घरबेटीलाई धम्की दिएछ घर भाडा बढायौ भने कारबाही गर्छु भनेर, हे शिव † के के सुन्नु पर्छ यी दुला पर्या कानले पनि । काठमाण्डौका धेरै घर सडकमा लत्रिए, जरैदेखि उखेलिए । बााकी बचेका घर धनीले घर घाडा दिादा यसो थोर बहुत थपथाप गर्ने नै भए । सक्ने बस्छन् नसक्ने हिाड्छन् । तर कारबाही नै गर्छु भनेर सरकारले कसरी भन्न सक्या होला हा ? भोलि सबै घरवाला मिलेर सडक तताए भने सरकारमा बसेकाहरुले अन्डरपेन्टको इाजार पनि कस्न भ्याउादैनन् । आफ्नो घरको आफ्नो खुशी पो हुन्छ त । गर्ने काम गर्नु छैन नगर्ने कामचाहिा गछु भनेर बिना वित्थाा सरकारले किन फलाकेको होला ?
गनगने थापा
हैन हौ यो देशाा के विचित्र हुन लाग्या हा ? अब हेरौ न त्यो गनगने थापा माने गगन थापालाई खै कसले हो कुन्नि साहसिक र अब्बल नेताको दर्जा दिएछ । हुन त यहाा काम गर्ने भन्दा पनि काम नगर्नेहरुको वाहवाह हुन्छ । ती गनगने थापाले केचाहिा नाप्या छन् र अब्बल र साहसिक नेताको दर्जा पा’का ? उही ट्याउ ट्याउ बोलेर मान्छे भड्काउने काम गरेका थापाले यत्रो भुकम्प जाादा आजसम्म माखो मार्या छैनन् । अब्बल र शाहसिक भनेर दर्जा दिने हो भने नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीलाई दिनुपर्छ । गनगने थापा त उही चरी खानेर डकार्दै हिड्ने त हुन नि । त्यसैले भन्या होला गर्ने भन्ने हनुमान पगरी गुथ्ने ढेंडु ।
काट्टो खानेहरु
कसैको विनास कसैलाई अवसर त्यसै भन्या हैन रै’छ । अब हेरौ न महामारी भुकम्पले देशभरिका मानिस सोकमग्न भा’बेला राज्यको ढुकुटीबाट गाडी किन्ने निणर््ायमा पुगेछन् । फेरि दुई चार लाखको गाडी हो र ?
करोडौ पर्ने गाडीहरु । यस्तो शोकको बेला यिन्लाई राज्येको ढुकुटीबाट गाडी किन्नु पर्ने ? सबै मन्त्रीहले करोडोको गाडी किन्ने पैसो बुझिसकेका छन् । तर त्यो लालबाबु पण्डित भने उदेकै मनुवा रै’छन् । उनले यस्तो शोकको घडीमा आफू नयाा गाडी राज्यको ढुकुटीबाट किनेर नचढ्ने भन्दै फर्काइदेछन् । लिादा हुन्थ्यो नि पण्डित जी ? एक्लो वृहस्पति सधै झुटो नै हुन्छ । राज्यले भुकम्प पीडितहरुलाई राज्येकोषबाट सुको कौडी खर्च नगरे नि सबै मन्त्रीलाई नयाा गाडी दिने निर्नय जो गर्या छ । आखिरी यसलाई काटटो भनेर लिादा के फरक पर्छ
र ? आाखा नभएकाको समूहमा जाादा आाखा चिम्म गर्नुपर्छ, लागडोको समुहमा सद्धे भए पनि खुट्टा खोच्याउनुपर्छ भन्ने अक्कल पण्डितजीलाई छैन कि क्या हो ?
सुजुको योजना
सुजु माने सुजाता जोष्ठ उर्फ गिर्जाउ पुत्री । भुक्ने कुत्तीले टोक्दैन भन्ने उखान हाम्रो गामघरतिर खुबै प्रचलित छ । अब हेरौ न गिर्जाउ पुत्री सुजु यतिबेला भुकम्प पीडितहरुका लागि एघारवटा जिल्लामा एघारवटा घर बनाइदिन्छु भन्नै ठाम–ठाममा खोक्दै हिडेकी छन् । केही दिन अगाडि मोरङ्गमा खोकिन, त्यसपछि सुनसरीमा आएर खोकिन । किन खोक्या होला ? बनाइदिने भे भटाभटी बनाइदिए भैहाल्यो नि । अब अख्तियारले भने गजबै काम पाउने भयो । एघार जिल्लाको एघार ठाउामा घर बनाउने माल सुजुसाग कहााबाट आयो ? पक्कै पनि सुजुले ब्लाक मनीलाई ह्वाट मनी बनाउने अवसर पाएकी छन् । मान्छेले एउटा घर बनाउन जीन्दगीभरि मेहनत
गर्नुपर्छ । सुजुले एघार जिल्लाको एघार ठाउामा बनाउने पैसा हुवाइट मनी त पक्कै हैन । अरुले खित्रिक्क केही गर्नुपर्दा स्रोत खोल्नुपर्ने सुजुले चाहिा खोल्नु पर्छ कि पर्दैन त्यो चाहिा हेर्न बााकी नै छ ।
नामै पशु चिकित्सक
मरेपछि खा बाबै केरा भनेझै
राजधानीका पशु चिकित्सकहरु भुकम्प गएको १५ दिन पछि घाइते पशुहरुको उपचारमा निस्किएछन् । ढिलै भएपनि निस्किए यसलाई राम्रै मान्नुपर्छ । नामै पशु चिकित्सक त्यसपनि ढिलो त हुने र्नै भए । तर हास उठ्दो कुरोचाहिा के भएछ भने पशु चिकित्सकहरुले फास्ट एण्ड
रेक्स्क्यु टोली बनाएर उपचारमा निस्किएको सुन्दाचाहिा अनौठो लाग्यो । घाइते पशुहरु १५ दिनसम्म छट्वटाइ रहे । १५ दिन अगावै देखि घाइते पशुको उपचार गर्दिया भे हुन्थ्यो नि । अहिले आएर फास्ट एण्ड रेस्क्यु टोली रे । हुन त पशुु चिकित्सकहलाई पनि अप्ठेरो थियो होला । १५ दिन अगाडि उपचारमा जाादा मान्छेले उपचार पा’छैन पशुको उपचार किन भन्दै लखेट्थे होलान् । जे होस पशुचिकित्सक भए नि अलिकति बठ्याईचाहिा गरेकै हुन् ।
कसरी पत्याउने
राष्ट्रिय जनमोर्चाका अध्येक्षे चित्रबहादुर केसी सााच्चैका नेता रै’छन् । अस्तिका दिन उन्ले सरकार र माउवादीका अध्येक्षेका धुलो काढेछन् । सरकारका मुखिया सुशिल दा’ले जनताका भत्केका ५ लाख बनाइदिने घोषना गरेपछि केसीको कन्पारो रन्केछ । एक सय पच्चीस परिवार रहेको राउटेको घर बनाइदिने भन्दै झलाउादै आएको सरकारले पााचलाख घर बनाइदिन्छ भनेर कसरी पत्याउनु ? उता माउवादीका अध्येक्षे प्रचण्डाउले भुकम्प पीडितका लागि सरकारले केही गर्न सकेन भनेर आरोप लगाउादा पनि केसीलाई पचेन । उन्ले प्वाक्क भन्दिए तपाईहरुले चाहिा किन सिन्को भााच्न सक्नु भएन ? हिजो सडकमा उफारेका छाउराहरु कहाा छन् ? केसीले सत्य कुरा ओकल्दा सत्ताका साढेहरु निगुरमुन्टी परेका थे भने प्रचण्डाउ कुम हल्लाउदै थे । सत्ये भन्या सत्ये नै हुन्छ । कि कसो हौ ?
अन्तेमा
भूकम्प गएको ६ दिनसम्म दुलामा बसेर सातौ दिन फुत्त बाहिर निस्एिका राजनैतिक दलहरुको नाटक यतिबेला हेर्न लायकको छ । आफू भुत्लोभाङ्ग केही नगर्ने, मनकारी संघ संस्थाले उठाएको राहत आफ्ना भाते छाउराबाट विचैबाटोमा लुट्न लगाउने, सरकारले माखो मारेन भनेर पेपर टाइगर बन्ने जस्ता नाटकको मञ्चन बडो रमाइलो ढंगले गरी रा’छन् । अझ झालेमालेका अध्येक्षे खप्रओले आफ्ना भाते छाउराहरुलाई राहत संकलन गर्न चटपटे दोकान खोल्न लगाई त्यसको उद्घाटन गरेछन् । अब त्यो चटपटे बेचेर कहिले झालेमालेले पीडितलाई राहत दिनु ? अहिलेसम्म लुठड्याएको रकम थप थप पीडितलाई बााडिदिनु नि । लन्ठै साफ ।
