प्रदेशसभा निर्वाचनतर्फ प्रदेश १ बाट कुन दलले कति सिट पाए ? को बने सांसद ?

धरान । मंसिर ४ गते सम्पन्न प्रदेशसभाको निर्वाचतनर्फ प्रदेश १ मा कुन दलले कति सिट प्राप्त गरे र को को सांसद बने भन्ने निर्वाचन आयोगको आफ्नो अन्तिम कार्यसूचि दलहरुलाई बुझाउनु अगाबै सार्वजनिक भएको छ । प्रदेश नं. १ मा रहेका २८ प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट ५६ जना प्रत्यक्षतर्फ निर्वासिचत भइसकेका छन् । भने ३७ जना समानुपातिकाबाट दलहरुले निर्वाचन आयोगमा बुझाएको बन्दसूचि नामबाट विभिन्न क्लष्टर मिलाएर छनौट गर्नुपर्ने हुन्छ । दलहरुले आफ्ना उमेद्वारहरुको नाम छनौट गर्दा जनजातितर्फ ४६.७९ प्रतिशत, खस आर्यतर्फ २७ं८४ प्रतिशत, दलिततर्फ १०.६ प्रतिशत, मधेशीतर्फबाट ७.५७ प्रतिशत, थारुबाट ४.१५, मुस्लिमबाट ३.५९ प्रतिशत समावेश गराउनुपर्ने हुन्छ । बन्दसूचिबाट नाम छनौट गर्दा अल्पसंखयाक समुदायबाट १७.५३ र पिछडावर्गबाट ०.४४ प्रतिशत नाम समावेश गर्नुपर्ने कानूनी व्यवस्था रहेको छ । प्रदेश नं. १ मा प्रत्यक्ष २५ र समानुपातिक १५ गरी एमालेले ४० सिट पाएको छ । उसले महिलातर्फ १३ जना समावेश गरेको छ । यो संख्या समानुपातिकको बन्दसूचिमा क्रमिक रुपमा नाम रहेकाहरुमध्येबाट छनौट गरेको हो । एमालेले जनजातिबाट सिर्जना दनुवार, कमला थापा मगर, मिना श्रेष्ठ, सिर्जना राई, मालती कुमारी लिम्बु, यसोदा कायस्थलाई छनौट गरेको छ । यसैगरी खस आर्यतर्फ शीला दिक्षित कार्की, तारादेवी ढकाल, निरादेवी खनाल आचार्य, गीतादेवी रेग्मी रहेका छन् । यर्सैगरी थारुबाट ललिताकुमारी चौधरी, दलितबाट कमला दर्नाल, मधेशीबाट गीतारामी महतो, जनजातिबाट पुरुषबाट श्रीप्रसाद जबेगु र खस आर्यबाट किशोरकुमार अधिकारी रहेका छन् ।


उता नेपाली काँग्रेस प्रदेश नं. १ मा प्रत्यक्षतर्फ १७ जना निर्वाचित भएका छन् भने समानुपातिकतर्फ मतका आधारमा १२ जना सांसद पाएको छ । समानुपातिक र प्रप्त्यक्ष गरी काँग्रेसको पोल्टामा २९ जना परेका छन् । जसमा १० जना ममहिला छनौट भएका छन् । नेपाली काँग्रेसले जनजातिबाट ५ जना मनोनित गरेकोमा मैया श्रेष्ठ, डोलमा तामाङ्ग, लिलाकुमारी राई, कमला
राई, सुनिताकुमारी गुरुङ्ग गरेका छन् । यसैगरी खस आर्यबाट इन्दिरा थापा, खगेश्वरी पौड्याल, सुमना तिम्सिना, मधेशी कोटाबाट लखिकुमारी गणेश, दलितबाट सुनिताकुमारी, पुरुष दुई जनामा जनजातिबाट मोहन महर्जन, खस आर्यबाट उद्धव थापा रहेका छन् ।
यसैगरी माअ‍ोवादी केन्द्रले प्रदेश नं. १ बाट प्रत्यक्षतर्फ ९ जना र समानुपातिक मतका आधारमा ४ जना गरी १३ जना सांसद को प्रदेशसभामा प्रतिनिधित्व गराउने भएको छ । चार जनामा जनजातिकातर्फबाट बन्दना झागड, सम्झना तामाङ्ग, खस आर्यबाट गीता तिम्सिना र दलितबाट सपना दर्जी
रहेका छन् । उता राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश नं. १ मा प्रत्यक्षमा दुई सिट जितेको छ भने मतका आधारमा चार सिट पाएको छ । उसले जनजातिबाट एकजना महिला
निमसरी राजवंशी, तीन पुरुषमा जनजातिबाट प्रेमराज थाम्सुहाङ्ग, अङेलवु शेर्पा र खस आर्यबाट अम्बरबहादुर विष्टलाई मनोनित गरेको छ । यसैगरी एकीकृत समाजवादीले प्रदेश नं. १ मा प्रत्यक्ष कुनै सिट जित्न नसकेपनि समानुपातिकबाट भने एक सिट पाएको छ । जसमा उसले पुरुष जनजातिबाट गणेशकुमार काम्बाङ्गलाई मनोनित गरेको छ भने जनता समाजवादीले पनि नेकपा एसकै नियति भोगेको छ । उसले पनि प्रत्यक्षतर्फ प्रदेश नं. १ मा कुनै सिट प्राप्त गर्न नसकेपनि मतका आधारमा समानुपातिक तर्फ एक सिट पाएको छ । जसमा उसले पुरुष जनजातिका तर्फबाट भीमबहादर राईलाई छनौट गरेको छ ।

तपाईको प्रतिक्रिया