बैंकको चर्को व्याजरका विरुद्ध व्यवसायी आन्दोलित

धरान । बैंकको व्याजदर बृद्धिको विरोधमा चरणवद्ध आन्दोलनमा उत्रिएका उद्योगी व्यवसायीहरुले आइतबार मुख्य मन्त्रीको कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।
प्रदेश नं. १ का १४ जिल्लाबाट गएका व्यवसायी तथा उद्योगीहरुले संयुक्त रुपमा व्याजदर घटाउन माग गर्दै एक नं. प्रदेशको मुख्यमन्त्रीको कार्यालयमा ज्ञापनपत्र बुझाएका हुन् ।
व्यानर बोकेर ¥यालीसहित मन्त्रालय पुगेका उनीहरुले मुख्य मन्त्री तथा मन्त्रालयमा पुगेर ज्ञापनपत्र बुझाएका हुन् । चरणवद्ध आन्दोलनमा उत्रिएका उनीहरुले चर्का बैंकको व्याजले व्यवसायी तथा उद्योगी समस्यामा परेको अवगत गराउदै बृद्धि भएको व्याजदर घटाउन माग गरे । उनीहरुले चर्को व्याजदरकै कारण व्यवसायी गर्न नसकेको कारण सडकमा आउनुपरेको अवस्था भएको बताएका थिए । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का अध्यक्ष टिकाराम ढकालले नेपाल राष्टू बैंकले बृद्धि गरेको चर्को व्याजका विरुद्धमा व्यवसायी तथा उद्योगीले काम गर्न नसक्ने अवस्थामा आएकोले सडकमा उत्रिएर आन्दोलन गर्नुपर्ने अवस्था आएको बताउनुभयो । उहाँले चर्को व्याजकै कारण अहिले आधा उद्योगहरु बन्द भएकोप्रति मन्त्रालयलाई ध्यानाकर्षण गराउनुभयो ।


महासंघका केन्द्रीय सदस्य उमेश डालियाले सांकेतिक आन्दोलनको रुपमा सडकमा उत्रिएको बताउदै व्यवसायी र उद्योगीको आन्दोलनलाई राष्ट्र बैंक र सरकारले बुझ्नुपर्ने बताउनुभयो । उहाँले ७ प्रतिशत व्याजलाई १४ प्रतिशत पु¥याएर दोब्बर ब्याजदरमा उद्योग चल्न नसक्ने बताउनुभयो । उद्योग वाणिज्य महासंघ प्रदेश १ का उपाध्यक्ष भीम पौडेलले अर्थतन्त्रमा नीजी क्षेत्रले पु¥याएको योगदानलाई भुलेर बढाइएको ब्याजदरका कारण बाध्य भएर आन्दोलनमा होमिनु परेको बताउनुभयो । कोरोना कहरले थलिएका उद्योगी व्यवसायीलाई सरकारले राहतका प्याकेज ल्याउनुपर्नेमा उल्टै उद्योगी व्यवसायी नै विस्थापित हुने किसिमकले बैंकले चर्को व्याजदर बढाएको भन्दै उनीहरु चरणबद्ध आन्दोलनमा उत्रिएका छन् । सांकेतिक पमा दबाब दिँदै आन्दोलन गरिरहेका उनीहरुले निर्वाचन सकिए लगत्तै नेपाल राष्टू बैंकको केन्द्रीय कार्यालयमा समेत ज्ञापनपत्र बुझाउने र धर्ना गर्ने कार्यक्रमलाई अगाडि सारेका छन् । उनीहरुले क्रमिक रुपमा आन्दोलन जारी राख्ने बताएका छन् ।

 

तपाईको प्रतिक्रिया