झापा । झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थितबाट प्रतिबन्धित लागुऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कचनकवल गाउँपालिका–१ झापा घर भई बुद्धशान्ति–३ मा बस्दै आएका ३१ बर्षीय मोहमद हुसेन रहेका छन । शनिवार राती ९ बजे लागुऔषध नियन्त्रण व्युरो काँकडभिट्टा, इलाका प्रहरी कार्यालय धुलाबारी र बुधबारेबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा हुसैनको साथबाट १०२ ग्राम ब्राउन सुगर बरामद गरेको हो भने मेचीनगर–८ का बिकाश राजबंशीको कोठामा लुकाई राखेको २५ ग्राम २५० मिलि ग्राम ब्राउ सुगर र डिजिलट तराजु १ थान समेत बरामद गरेको हो । प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका हुसेनको इलाका प्रहरी कार्यालय धुलाबारीबाट थप अनुसन्धान भईरहेको र बिकाश राजबंशी फरार रहेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
