शिक्षक कल्याण समाजकोे सपथ ग्रहण सम्पन्न

धरान । धरानस्थित वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकोे शिक्षक कल्याण समाजको निर्वाचनमा निर्वाचित पदाधिकारी तथा सदस्यहरुको आइतबार सपथ ग्रहण सम्पन्न भएको छ ।
समाजको कार्तिक ३० गते निर्वाचन सम्पन्न भएको थियो । प्रतिष्ठानको अडिरोडियम हलमा सम्पन्ननिर्वाचनबाट विजयी बनेका पदाधिकारीहरुलाई आइतबार सपथ ग्रहण गराइएको हो । निर्वाचितअध्यक्ष डा.सेराज अहमद खानलाई उपकुलपति डा.ज्ञानेन्द्र गिरीले सपथ ग्रहण गराउनु भएको भने निर्वाचित अन्य पदाधिकारी तथा सदस्यहरुलाई अध्यक्ष डा. सेराज अहमदखानले सपथ ग्रहण गराउनुभएको थियो ।


कार्यक्रमको प्रारम्भमा निर्वाचन समितिका सदस्य डा.शमशेर श्रेष्ठले कार्यकाल सफलताको शुभकामना सहित स्वागतमन्तब्य दिनुभएको थियो । निर्वाचन समितिका अध्यक्ष प्रा.डा. विष्णुहरि पौडेलले निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।  सो अवसरमा प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले निर्वाचित पदाधिकारीको कार्यकाल सफलताको शुभकामना दिनुभयो । उहाँले सबैलाई बधाई दिँदै प्रतिष्ठानको विकास र विस्तारमाशिक्षक कल्याण समाजले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। यस्तै प्रतिष्ठानका रजिष्टूार प्रा.डा.सूर्य प्रसाद संग्रौलाले प्रतिष्ठानको वृहत्तर विकासकालागि समाजको निरन्तर साथ र सहयोग रहने विश्वास व्यक्त गर्दै विजयी सम्पूर्णलाई शुभकामना दिनुभयो । कार्यक्रमको अन्त्यमा निर्वाचन समितिका अध्यक्ष प्रा.डा. पौडेलले निर्वाचित सदस्यहरुलाई बधाई एवं शुभकामना दिंदै निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा सहयोगी तथा सम्बन्धित सम्पूर्णलाई धन्यवाद दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया