यलम्वर ओपन रनिङ बास्केटवलको उपाधि आयोजक यलम्वरको पोल्टामा

धरान । एलम्वर ओपन रनिङ्ग बास्केटवल प्रतियोगिताको उपाधि आयोजक यलम्वर बास्केटवल टिम एले चुमेको छ । यलम्वर क्लवको आयोजनामा आयोजित प्रतियोगिताको शनिवार भएको फाइनल खेलमा आयोजक यलम्वरले तरहरा बास्केटवल टिमलाई ६४–४४ अंकको अन्तरले पराजित गर्दै उपाधि माथि कव्जा जमाएको हो । उपाधिसागै यलम्वरले नगद  पुरस्कार २० हजार, उपविजेताले नगद १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।


फाइनल खेलको प्रत्येक क्वाटरमा यलम्वल र तरहरा टिमले १२–१३, १६–९, २६–१० र १०–१२ अंक जोडेका थिए । यलम्वर क्लवलाई उपाधि दिलाउन यलम्वर क्लवका दिवस राईले व्यक्तिगत २१ अंक  जोडे । प्रतियोगिताको एमभिपि (मोस्ट भ्यालुएवल प्लेयर) को उपाधि यलम्वर क्लवका मनिष तामाङ घोषित भए । उपाधिसँगै उनले नगद ४ हजार रुपैया र ट्रफी प्राप्त गरे । फाइनल खेलको म्यान अफ द म्याच यलम्वर क्लवका टिम क्याप्टेन विवेक श्रेष्ठ घोषित भए । उनले नगद २ हजार रुपैया र ट्रफी प्राप्त गरे । यसैगरि प्रतियोगिताको राइजिङ प्लेयर आयोजक टिमकै योगेश राई घोषित भए । उनलाई नगद ५ सय रुपैया र ट्रफी प्रदान गरिएको थियो । विजेता तथा उपविजेता खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि धरान ८ न. वडाका वडाध्यक्ष धनवहादुर राई, विशेष अतिथि अग्रज पत्रकार एवं नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भिमराई ज्वाला, सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदी, सिदार्थ जिमहलका अध्यक्ष नरेश राई, प्रतियोगिता संयोजक युगल लिम्वु लगायतले पुरस्कार वितरण गरेका छन । प्रतियोगिता कार्तिक २० गते देखि धरान ८ सिदार्थ मार्ग स्थित यलम्वर खेल मैदानमा सम्पन्न भएको थियो । प्रतियोगितामा प्राविधिक सहयोग धरान बास्केटवल संघले गरेका थिए ।

तपाईको प्रतिक्रिया