धरान । सोमबार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विश्व मधुमेह दिवसको रुपमा मनाइएको छ । प्रत्येक बर्ष नोभेम्बर १४ का दिन मनाइयो यो दिवस वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विभिन्न कार्यक्रम गर्दै सम्पन्न गरिएको हो । विश्वभरीका स्वास्थ्य संस्थाहरुले हरेक वर्ष नोभेम्बर १४ का दिन यो दिवस मनाउने गरेको ेछ । सन् २०२१ देखि २०२३ सम्मको मूल नारा ूम्ष्बदभतष्अ भ्मगअबतष्यलू रहेको छ । प्रतिष्ठानको जेनेरल प्राक्टिस एण्ड इमर्जेन्सी विभाग तथा इन्टर्नल मेडिसिन विभागको संयुक्त आयोजनामा विश्व मधुमेह दिवस मनाइएको हो । कार्यक्रमको प्रारम्भमा ¥यालीको आयोजना गरिएको थियो । प्रतिष्ठानको जीआपीडी प्रांगरणदेखि शुरु भएको ¥याली धरानको रंगशाला पुगेर पुनः प्रतिष्ठानमा फर्किएको थियो ।
¥यालीमा प्रतिष्ठानका विभागीय प्रमुख, शिक्षक, चिकित्सक, कर्मचारी, विद्यार्थीहरुका साथै स्थानीय बासिन्दा सहित गरेर २ सय ५० भन्दा बढीको सहभागिता रहेको थियो । ¥यालीका क्रममा मधुमेह सम्बन्धी जनचेतना फैलाउने सन्देश प्रवाह गर्ने प्लेकार्डहरु प्रदर्शन गरिएको थियो भनेै सन्देश तथा मधुमेह सम्बन्धी पर्चाहरु वितरण गरिएको थियो ।

प्रतिष्ठानभित्र भएको कार्यक्रममा विद्यार्थी कल्याण समाज, जुनियर रेसिडेन्ट कल्याण समाजका प्रतिनिधिहरुले मधुमेह बारे धारणा व्यक्त गरेका थिए । प्रतिष्ठानको इन्टर्नल मेडिसिन विभागका एडिसनल प्रोफेसर डा. रबिन मास्के तथा जेनेरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसिन विभागका एसोसिएट प्रोफेसर डा. अजय कुमार यादवले चिनीरोग, यसको रोकथामका उपायहरु, उपाचार पद्धती आदिका बारेमा प्रकाश पार्नु भएको थियोे । चिनीरोग लाग्नु अगावै ध्यानदिनु पर्ने कुराहरु, स्वास्थ्य खानपिन तथा कसरतले खेल्ने महत्वपूर्ण भूमिका, मोटोपनले निम्त्याउने जोखिमहरु, चिनीरोगका विरामीहरुले पु¥याउनु पर्ने ध्यान जस्ता विषयहरुमा उहाँहरुले प्रष्ट्याउनु भयो । चिनीरोगका विरामीहरुका लागि चार थरिका सेतो विष भनेर चिनिने भात, चिनी, मैदा र नुन जस्ता चिजबाट कसरी टाढा रहन पनि उनीहरुले सर्वसाधारणलाई सुझाव दिएका थिए । इन्टर्नल मेडिसिन विभागका एसिस्टेन्ट प्रोफेसर डा. भुपेन्द्र शाहले कार्यक्रम सम्पन्न गर्नुभएको थियो ।
