मोरङ । मोरङको बिराटनगरमा ब्यापारीहरुलाई धाक धम्कि दिई रकम माग गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिराटनगर महानगरपालिका–२ का २९ बर्षीय रविन घिमिरे रहेका छन । घिमिरेले ब्यापारीहरुलाई प्रहरीको हाकिम हुँ भन्दै रकम माग गर्दै गरेको अवस्थामा बिराटनगर–१५ बाट इलाका प्रहरी कार्यालय रानीले जनाएको छ । पक्राउ परेका उनलाई अभद्र ब्यवहार गर्न नहुने कसुरमा म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
