विराटनगर । विराटनगरको एक गेष्ट हाउसमा हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । विराटनगर बसपार्कको गेष्ट हाउसमा सिरहा गोलबजार घर भएका १७ वर्षे अंशु सदाको हत्या भएको प्रहरीले जनाएको छ । उनको हत्यामा संलगन रहेको भन्दै प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।
मोरङ प्रहरीका अनुसार पक्राउ पर्नेमा धनुषाको विष्णु मण्डल, राजेश ठाकुर र विराटनगरका मनोज कार्की छन् । योजनावद्ध अपहरण गरेर विराटनगरको न्यू अप्सरा गेष्ट हाउसको कोठा नम्बर १ मा हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सदालाई असोज २३ गतेदेखि अपहरण गरेर सो गेष्ट हाउसमा राखेका अनुसन्धानबाट खुलेको छ ।
