नेपालको पाँचदिने भ्रमणमा आउनु भएका भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डेले स्वदेश फर्किनुभन्दा अगाडि भाद्र २२ गते पोखरास्थित रहेको पेन्सन वितरण कार्यालयको निरीक्षण भ्रमण गर्नुभएको थियो । निरीक्षण भ्रमणका क्रममा सेनाध्यक्ष पाण्डेले पेन्सन वितरण कार्यालयमा पाण्डेको स्वागतार्थ उपस्थित हुनु भएका गण्डकी प्रदेशमा बसोबास गर्ने भारतीय सैनिकहरुलाई सम्बोधन गर्देै वीरता अवार्ड विजेता भूपूहरुलाई सम्मान समेत गर्नुभएको थियो ।

भारतीय रावदूतावास काठमाण्डौद्वारा जारी विज्ञप्तीका अनुसार जनरल पाण्डेकी धर्मपत्नी श्रीमति अर्चना पाण्डेले समेत वीर नारीहरुलाई सम्मान गर्नुभएको थियो । जनरल पाण्डेले सो अवसरमा गोरखा सैनिकहरुको वीरता, शाहस र समर्पणको मुक्तकण्ठले प्रशंसा गर्नुभएको थियो । सोही दिन उहाँले पोखरास्थित नेपाली सेनाको मध्य कमाण्ड हेड क्वार्टरको भ्रमण गरी त्यहाँ रहेका कर्मचारीहरुसँग अन्तरक्रिया गर्नुभएको थियो । सेनाध्यक्ष जनरल पाण्डेले पेन्सन वितरण कार्यालय पोखरामा भारतीय भूतपूर्व सैनिक योगदान स्वास्थ्य योजना (इसिएचएस) अन्तर्गतका पोलिक्लिनिकहरुलाई तीनवटा एम्बुलेन्स (मोवाइल मेडिकल युनिट) समेत हस्तान्तरण गर्नुभएको थियो । हस्तान्तरण गरिएका ती एम्बुलेन्सहरुले नेपालमा रहेका तीन लाख भन्दा बढी भारतीय सेनाका भूतपूर्व सैनिकहरु, तिनका आश्रित परिवारहरुलाई सहज रुपमा स्वास्थ्यसेवा प्रदान गर्न सहयोग पु¥याउनुका साथै दुर्गम क्षेत्रका बासिन्दाका लागि विशेष उपयोगी हुने विज्ञप्तीमा जनाइएको छ । विज्ञप्तीमा भनिएको छ जनरल पाण्डेले अघिल्लो सोमबार नेपालकी सम्मानित राष्ट्रपति श्रीमति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिन्ह प्रदान गर्नुभएको थियो । नेपाली सेनाका प्रधानसेनापति तथा जनरल पाण्डेका समकक्षी जनरल प्रभुराम शर्मा लगायत जनरल पाण्डेले नेपालका समम्मानीय राष्ट्रपति र प्रधानमन्त्री एवम् रक्षामन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गर्नुभएको थियो । नेपाल बसाइका क्रममा उहाँले नेपाली सेनाको सैन्य कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गरी त्यहाँका विद्यार्थी तथा कर्मचारीहरुलाई सम्बोधन गर्नुभएको थियो । दुई देशको द्विपक्षीय सहकार्य अनुरुप जनरल पाण्डेले नेपाली सेनालाई साइमुलेटर र हलुका सवारी साधन लगायत सैन्य तालिम उपकरण समेत प्रदान गर्नुभएको थियो, विज्ञप्तीमा भनिएको छ ।
