ट्रसद्वारा दुईसय जनाको निःशुल्क स्वास्थ्य परीक्षण

बराहक्षेत्र । सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका वडा नं. ९ काली मन्दिरको प्रागरणमा भाद्र २५ गते शनिवार जियाउल हक मेमोरियल च्यारिटी ट्रष्टद्वारा एक दिने निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न भएको छ । स्वास्थ्य शिविरबाट दुई सय स्थानीयले प्रत्यक्ष लाभ लिएका थिए । निःशुल्क स्वास्थ्य शिविरमा उच्च रक्तचाप, मधुमेह परीक्षणसँगै निःशुल्क औषधि समेत वितरण गरिएको थियो ।
स्वास्थ्य परीक्षण जियाउल हक मेमोरियल च्यारिटी ट्रष्टका अध्यक्ष, मुटु एवम् छाती रोग विशेषज्ञ डा. खालिद हुसैन हक, ट्रष्टका कोषाध्यक्ष एवम् धरानका बरिष्ठ चिकित्सक डा. तपनकुमार तरÏदार, डा. शरिब हकले गर्नुभएको थियो । उच्च रक्तचाप एवम् मधुमेहको रक्त परीक्षणमा न्यू जानु फार्मेसीमा कार्यरत राजेन्द्र साहको नेतृत्वमा अन्य कर्मचारीहरु, औषधि निर्माता कम्पनी युएसभी, ओटसेग जनेटिक प्रतिनिधिहरुले सहयोग पु¥याएका थिए ।


स्वास्थ्य शिविरमा विभिन्न राजनैतिक पार्टीका स्थानीय जनप्रतिनिधि, जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष रविन राई, जसपा बराहक्षेत्र नगर समितिका अध्यक्ष नरेश राई, वडाध्यक्ष अमित चन्द्रवंशी, सप्तकोशी सहयोगी समाज क्लबका स्वयम्सेवक र स्थानीयहरुले सहयोग पु¥याएका थिए । विरामीको जाँचपछि रोगको रोकथाम, खानपान, नसर्ने रोगहरुका सम्बन्धमा ट्रष्टका अध्यक्ष डा. खालिद हुसैनले प्रशिक्षण समेत दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया