धरान । इलाका प्रहरी कार्यालय धरानको टोलीले धरान १५ का ३२ बर्षीय निश्चल बुढाथोकीलाई १ ग्राम ५०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ । यसैगरी अन्य ठाउँबाट समेत धरानका दुई युवालाई प्रहरीले लागू औषधसहित प्रक्राउ गरेको छ । मेचीनगर नगरपालिका ६ बाट इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाको टोलीले भारतबाट नेपाल आउदै गरेका धरान १६ सुनसरीका ३७ बर्षीय युसुफ सुब्वा र २७ बर्षीय थोमस राईलाई १ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
यसैगरि, प्रहरीले मोरङबाट लागु औषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी कुशेचौरी मोरङको टोलीले पथरी शनिश्चरे(९ का २८ बर्षीय मिलन भण्डारी र २० बर्षीय अभिषेक लिम्बुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट ६०० मिलिग्राम ब्राउन सुगर र ट्रामाडोल ४८ चक्की, स्पाईसपेन ८५ चक्की वरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका पाँच जनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
