झापा । झापाको छुट्टा छुट्टै तीन स्थानमा करेन्टको प्रयोग गरेर माछा मार्ने क्रममा ३ जनाको करेन्ट लागेर मृत्यु भएको छ । आइतबार अपरान्ह याङबरक गाउँपालिका(६ पाँचथर घर भई बुद्धशान्ति(२ मा आफन्तको घरमा बस्दै आएका ३२ बर्षीय कमल बराईली बुद्धशान्ति गाउँपालिका ३ मा रहेको कुलोको पानीमा करेन्ट लगाएर माछा मार्ने क्रममा घाइते भएका थिए । उनको स्थानीय सिटी अस्पताल बुधबारेमा उपचार हुन नसेपछि थप उपचारको लागि बि.एन. सी. अस्पताल बिर्तामोड लगिएको थियो । अस्पताल पु¥याउने वित्तिकै उनलाई चिकित्सकले मृत घोषित गरेका थिए ।
यसैगरी हल्दीबारी गाउँपालिका–५ का ६१ बर्षीय ओम बहादुर थाम्सुहाङको भुतेनी खोलामा माछा मार्ने क्रमा मृत्यु भएको छ । माछा मार्ने क्रममा उनलाई करेन्ट लाग्दा उनको घटना स्थलमै मृत्यु भएको थियो भने मेचीनगर नगरपालिका–५ स्थित हडिया खोलामा माछा मार्ने क्रममा मेचीनगर नगरपालिका–११ धाईजनका ४७ बर्षीया सन्त चौधरीको मृत्यु भएको हो । घाइते चौधरीको आम्दा अस्पताल धुलाबारीमा उपचारको क्रममा मृत्यु भएको हो ।
