धरान । राष्ट्रिय प्रजातन्त्र पार्र्टीले प्रदेश नं. १ को सुनसरी क्षेत्र नं. १ बाट आगामी मंसिर ४ गते हुने संघ र प्रदेशसभाको निर्वाचनको लागि प्रत्यक्ष र समानुपातिक तर्फको उमेद्वारका आकाँंक्षीहरुको नाम सिफारिस गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको भाद्र २४ गते बसेको नगर र क्षेत्रीय समितिको संयुक्त वैठकले आकांक्षी उमेद्वारहरुको नाम सिफारिस गरेको हो । राष्ट्रिय प्रजातन्त्र पार्टीका स्थानीय नेता लक्ष्मण बस्नेतले दिनु भएको जानकारी अनुसार संघ अन्तर्गत सुनसरी क्षेत्र नं. १ बाट प्राध्यापक अनिश ढकाल, र राम ठकुरीको नाम सिफारिस गरेको छ । यसैगरी संघीय संसदको समानुपातिकतर्फ आनन्द फागो, पवनकुमार अग्रवाल, रोहितमान सिंह बस्नेत, विद्या कोइराला, लक्षमण बस्नेतको नाम सिफारिस गरेको छ ।


यसैगरी प्रदेशसभा ‘ख’ अन्तर्गत विनोद कोइराला, नरेश शाक्य, दिलकुमारी तामाङ्ग, सीता मैनाली (खड्गी), नमुना योन्जन र प्रदेशसभा ‘क’ अन्तर्गत रोशन दर्नाल विश्वकर्मा, श्रीमति देवी गिरी, सुनिल शर्मा, युवराज सिग्देलको नाम सिफारिस गरेको छ । उता प्रत्यक्षतर्फ प्रदेशसभा ‘क’ मा सपना श्रेष्ठ शाक्य, दोर्जे शेर्र्पा र ‘ख’ बाट उद्धव श्रेष्ठको नाम सिफारिस भएको छ ।
