युवा कवि स्व. मोतिराम भट्टको १५७ औ जन्मजयन्ति मनाइयो

धरान । नेपालका राष्ट्रिय विभूति, भानुभक्तीय रामायणका प्रचारक युवा कवि मोतिराम भट्टराईको १५७ औं जन्मयन्ति शनिवार ्रधरानमा पनि मनाइएको छ । विगतका बर्षहरुमा झै यस बर्ष पनि मोति स्मरण समितिको आयोजनामा मोतिराम भट्टको जन्म जयन्ति मनाइएको हो ।
धरान उपमहानगरपालिकाको हाताभित्र रहेको मोति स्मृति भवनमा जम्मा भएका धरानका साहित्यकार, लेखक, कवि, शिक्षक, प्राध्यापकहरुले मोतिराम भट्टको प्रतिमामा माल्यार्पण गर्दै नेपाली साहित्यको क्षेत्रमा स्व. मोतिराम भट्टले पु¥याउनु भएको अतुलनीय योगदानको चर्चा गरेका थिए । उहाँको नेपाली साहित्यिक क्षेत्रमा पु¥याउनु भएको योगदानका सम्बन्धमा  बरिष्ठ साहित्यकार एवम् राजनैतिक नेतृत्व गिरिराज आचार्य, सह प्राध्यापक हरिप्रसाद दाहाल, डा. भवानी शंकर भट्टराई रहनु भएको थियो ।


नेपाली शिक्षा परिषद् काठमाण्डौबाट यस बर्ष ‘व्याथा चर्को छ’ शीर्षकको समस्याप्रति तोकिएको थियो । सो अवसरमा कविहरु मचिन्द्र खत्री, हिक्मत खड्का, अम्बिका शाक्य, भरतमणि भट्टराई सेर्नाली, ऋषिराज राई,  सुरेश घिमिरे, नारायण भण्डारी, गोपाल भण्डारीले कविता वाचन गर्नुभएको थियो । मोति संस्करण समिति धरानका सभापति कवि गोविन्द तिम्सिनाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सहभागी स्रष्टाहरुले मोति भवनको दुर्दशालाई लिएर धरान उपमहानगरपपालिकाको ध्यानाकर्षण गराएका थिए । मोतिराम भट्टको अर्धकदको शालिक रहेको स्थानमा धरान नगरपालिकाले काम नलाग्ने बिसौ बर्षका कागज, फाइल, भाँचिएको कुर्सी, बेकामे विधतीय सामान, पुराना ¥याक मिल्काउने डम्पिङ्ग साइट बनाएको छ । स्व. मोतिराम भट्टको प्रतिमामा माल्यार्पण गर्न समेत स्रष्टाहरुलाई हम्मे हम्मे परेको थियो । फोहोर पन्छाउँदै उनीहरुले माल्र्यापण  गरेका थिए । धरान उपमहानगरपालिकाको हाताभित्र रहेको मोति स्मृति भवन भाषासेवी स्वर्गीय गोपाल पाण्डेको सक्रियतामा आजभन्दा पाँच दशक अगाडि बनेको हो । स्व. मोतिराम भट्टको प्रतिमाको अनावरण स्वर्गीय राजा वीरेन्द्र वीर विक्रम साहदेवबाट भएको थियो । सो अनावरण समारोहमा नेपालका नाट्य सम्राट बालकृष्ण सम लगायत बरिष्ठ साहित्यकारहरुको उपस्थितिमा भएको थियो । हाल मोति स्मृति भवन धरान उपमहानगरपालिकाको अधिनमा  रहेको छ । स्रष्टाहरुको एउटै मत थियो धरान नगरपालिकाले यहाँका लेखक, कवि, साहित्यकार, प्राज्ञहरुको भावनालाई सम्मान गर्न र विविध साहित्यिक कार्यक्रम सञ्चालन गर्न मोति स्मृति भवनका फोहोरहरु हटाएर सहयोग गर्नुपर्छ ।

तपाईको प्रतिक्रिया