नवौं राष्ट्रिय प्रतियोगिताका लागि बास्केटवल खेलाडी छनौट

धरान । यही असोज २८ गते देखि पोखरामा हुन लागेको ९ औ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुनसरीका महिला पुरुष बास्केटवल खेलाडि छनौट कार्यक्रम सम्पन्न भएको छ ।


धरान १६ स्थित धरान  रंगशालाको कर्भडहलमा मंगलवार सुनसरी खेलकुद विकास समितिका अध्यक्ष दिपक राई, सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदि, प्रदेश १ खेलकुद वोर्डका सदस्य रोशनि राई, पुर्वाञ्चल बास्केटवल मुख्य प्रशिक्षक विकास चाम्लिङ राई र १६ न. वडाअध्यक्ष मुरारि भट्टराईको उपस्थितिमा छनौट कार्यक्रम सम्पन्न भएको हो । छनौट कार्यक्रमा छनौटका लागि सुनसरी भरिका पुरुष तर्फ ३२ जना र महिला तर्फ २१ जना खेलाडिहरुले सहभागिता जनाएका थिए । उनिहरुलाई चार टिममा विभाजन गरि छनौट खेल खेलाइएको थियो । छनौट कमिटिका प्रशिक्षक विकास चाम्लिङ राई, रन्जित लिम्वु र  रोशन राईले छनौट भएका खेलाडिहरुको नाम वुधवार सार्वजनिक गर्ने सुनसरी बास्केटवल संघका अध्यक्ष तथा खेलाडि छनौट कार्यक्रम संयोजक नारायण सुवेदिले जनाए ।
९ औ राष्ट्रिय प्रतियोगितामा ३६ वटा खेल प्रतियोगिता हुदैछ । सुनसरीले २५ वटा खेलमा सहभागिता जनाउने कार्यक्रमका प्रमुख अतिथि सुनसरी खेलकुद विकास समितिका अध्यक्ष दिपक राईले मन्तव्यको क्रममा जानकारी गराए । सुनसरीका सम्पुर्ण खेलाडिहरुले अनुशासित भएर खेल्न र धेरै भन्दा धेरै खेलाडिहरु प्रदेश १ टिममा छनौट हुदै राष्ट्रिय पदक ल्याउन प्रमुख अतिथि राईले खेलाडिहरुलाई निर्देशन दिदै सफलताको सुभकामना दिएका छन । कार्यक्रमका विशेष अतिथि १६ नं वडाका वडाध्यक्ष मुरारी भट्टराईले  राष्ट्रिय प्रतियोगितामा सहभागि खेलाडिहरुको प्रोत्साहनको लागि आफ्नो वडा वाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन । उनले आफ्नै वडामा पर्ने रंगशाला  र कर्भडहलमा हुने प्रदेश १ खेलाडी छनौट प्रतियोगिताको लागि समेत सहयोग गर्ने वताए ।
प्रदेश १ खेलकुद वोर्ड सदस्यसचिव हंसराज वाग्ले द्धरा कर्भडहल निरिक्षण
प्रदेश १ महिला पुरुष बास्केटवल खेलाडि र जुडो खेलाडि छनौट प्रतियोगताका लागि प्रदेश १ खेलकुद वोर्डका सदस्यसचिव हंसराज वाग्लेले आइतवार धरान १६ धरान रंगशाला स्थित इन्डोर कर्भडहल अवलोकन तथा निरिक्षण गरेका छन । सुनसरी छनौट प्रतियोगिताको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा आएको वेला यहि आइतवार उनले अवलोकन गरेका हुन । वर्षायामको वेला प्रतियोगिता आयोजनाको लागि इन्डोर कोर्ट उपयुक्त हुने वताउदै प्रदेश १ बास्केटवल र जुडो खेलाडि छनौट प्रतियोगिताको लागि आवश्यक तरायी सुरु गर्न सुनसरी खेलकुद विकास समितिलाई निर्देशन समेत दिएका छन । नेपालमा नै बास्केटवल खेल धरान वाट सुरु भएको बास्केटवल खेलका दिग्गजहरुले वताउदै आएको छ । वास्केटवल खेलको उर्वर मानिने धरानमा इन्डोर र आउटडोर दुवै राष्ट्रिय स्तरको प्रतियोगिता गराउन सकिने बास्केटवल कोर्ट उपलव्ध छन । सातौ राष्ट्रिय खेलकुद प्रतियोगितामा समेत बास्केटवल खेलको राष्ट्रिय प्रतियोगिता धरानमा नै भएको थियो । केहि समय अघि नेपालमा संपन्न १३ औ सागको तयारीका लागि धरानमा बास्केटवल खेलको ४९ दिन क्लोज क्याम्प समेत राखिएको थियो । क्लोज क्याम्पमा महिला र पुरुष ६४ जना खेलाडीहरु सहभागि रहेका थिए । सोहि कर्भडहलमा प्रदेश १ वास्केटवल र जुडो खेलका खेलाडि छनौट प्रतियोगिताका लागि सदस्यसचिव वाग्लेले अवलोकन तथा निरिक्षण गरेका हुन । सुनसरीको धरानमा फुटवल खेलको महिला पुरुष, वक्सिङ्ग खेलको महिला पुरुष र क्रिकेट खेलको छनौट खेल भइसकेको छ ।

तपाईको प्रतिक्रिया