धरान । हिमाली जिल्ला ताप्लेजुङ्गको चीनसँग सीमा जोडिएको टिप्तला भन्ज्याङ्गबाट भारतसँग सीमा जोडिएको रानी विराटनगर (जोगबनी) जोड्ने तमोर करिडोर ९५ किमी सडकको कालोपत्रे हुने भएको छ । नेपाल सरकार मन्त्री परिषद्को २०७९ वैसाख १४ गते बसेको बैठकले तमोर करिडोर सडक कालोपत्रे वहुबर्षिय योजनामा लैजान निर्याय गरेको थियो । मन्त्रि परिषद्को निर्णय अनुसार अर्थ मन्त्रालयले करिडोर कालोपत्रेका लागि ५ अर्ब ७६ करोड ८५ लाख स्रोत सुनिश्चित गरेपछि कालोपत्रेको काम अगाडि बढ्न लागेको हो । हाल टेन्डर प्रक्रियामा गइसकेको तमोर करिडोर सडक आयोजनाका प्रमुख इन्जिनियर कुवेर नेपालीले बताउनुभयो । उहाँले भन्नुभयो आगामी असोजदेखि कालोपत्रेको काम शुरु हुन्छ ।

आयोजनाका प्रमुख नेपालीका अनुसार धनकुटाको लावरबोटेदेखि पाँचथरको सुभाङ्गखोलासम्म सातवटा पुलहरु बनाउन बाँकी छ । स–साना कल्भर्टहरु धेरै बनेका छन् । ठेक्का प्रक्रियाले गर्दा कुनै आफ्नो अण्डरमा रहेको र कुनै अरुकै अण्डरमा त्यस्ता कल्भर्टहरु बनेका हुन् । हाल नावा खोला, अदुवा खोला, रघुवा खोला, भदुवा खोला चौडाइको हिसाबले मेजर खोला हुन् । चौडाइका हिसाबले पनि यी खोलामा एकसय मिटर भन्दा लामा पुल बन्ने छन् । पानीको हिसाबले नावाखोला र सावा खोलामा सधै पानी भइरहने खोला हुन् । अरु पुल ठूला भएपनि खार्सै अवरोध गर्ने खालका देखिएका छैनन् । नावा खोलामा पुल छैन तर सावामा पुल बनिसकेको छ । हालसम्म हिँवा खोला र सावा खोलामा मात्र पुल बनेको छ ।
तमोर करिडोरको लावरबोटेदेखि गणेचौकसम्म हालसम्मको खर्च कति भयो त भन्ने सम्बन्धमा प्रमुख नेपालीले भन्नुभयो पुल बाहेक ६ अर्ब खर्च भइसकेको छ । अब अहिले कालोपत्रे गर्नका लागि ५ अर्ब ७६ करोड ८५ लाखको स्रोत सुनिश्चिात भइसकको छ । ६ अर्बचाहिँ ट्रयाक खोल्न, ग्राभेल स्तर गर्न खर्च भएको थियो । कालोपत्रे, ट्रयाक, ग्राभेल स्तर गर्न पुलबाहेक ११ अर्ब ७८ करोड ८५ लाख खर्च हुन्छ । पुलको लागत इस्टिमेट कति होला त भन्ने सम्बन्धमा नेपाली भन्नुहुन्छ १ अर्ब भन्दा बढी नै हुन्छ । सुभाङ्ग खोलादेखि ओलाङचुङगोला टिप्तला भन्ज्याङ्गसम्म ११० किमी रहेको
छ । चीनको टिप्तला भन्ज्याङ्ग भन्दा एक किमी तलैबाट मात्र सडक निर्माणको काम भइरहेको छ । टिप्तला भन्ज्याङ्गदेखि लावरबोटेसम्म २३० किमी रहेको छ भने रानी भन्सारबाट ओलाङचुङगोला टिप्तला भन्ज्याङसम्म ३ सय किमी हुन्छ ।
लाबारबोटेबाट शुरु भएको तमोर करिडोर नदीको किनारैकिनार जान्छ । प्रमुख नेपाली भन्नुहुन्छ जसरी मुलघाटबाट १४÷१५ किमीको दूरीमा धनकुटा पुगिन्छ त्यसैगरी ताप्लेजुङ्गको दोभानबाट १७–१८ किमी अपरसाइड जानुपर्छ । त्यहाँ लिंकरोड रहने छ । पहिला मास्तिरबाट मेची राजमार्गबाट जानुपथ्र्यो अब त्यस्तो पर्दैन । त्यसैगरी तमोर करिडोरको लुम्बुघाटबाट १५–१६ किमीमा म्याग्लुङ्ग बजार जोडिन्छ । लुम्बुघाटमा पुल बनिसकेको छ । लुम्बुघाटदेखि अगाडि भाझीटार छ । माझीटारबाट ११–१२ किमीमाथि फिदिम जोडिन्छ । दोभानबाट १७–१८ किमीमाथि फुङलिङ बजार जोडिन्छ । सुभाङ्गबाट १६ किमी अगाडि मध्यपहाडी राजमार्गको गणेश चौक जोडिन्छ ।
मध्यपहाडी राजमार्गलाई छोटो बनाउने कन्सेप्टमा यसको विकास भएको थियो । अहिले सुभाङ्गखोला भन्दा अगाडि अर्कै आयोजनाले हेर्दै आएको छ भने लावरबाटेबाट सुभाङ्गखोलासम्म इन्जिनियर नेपालीले हेर्दैै आउनु भएको छ । सुभाङ्गखोला भन्दा अगाडि ताप्लेजुङ्गको अफिससले हेर्दै आएको छ । लावरबोटेबाट सुभाङ्गखोलासम्म ट्रयाक खोलेर कालोपत्रे स्तरमा लगियो भने सुभाङ्गखोलादेखि अगाडिको ६० किमी ग्राभेल स्तरको ठेक्का भएर काम
भइरहेको छ । अन्तिम ३० किमीमा ट्रयाककै काम भइरहेको छ । मुलघाटबाट सुभाङ्गखोलासम्मको ग्राभेल स्तर सिद्धिएको छ भने सु्भाङ्गखोलाबाट थिवासम्म ग्राभेल स्तरमा काम
भइरहेको छ । जुन काम एक बर्ष लाग्न सक्छ । त्यसभन्दा माथि पनि काम भइरहेको छ । सबैभन्दा बढी जनसंख्याले प्रयोग गर्ने लावरबोटे सुभाङ्ग खोला असोज अन्तिमबाट कालोपत्रे हुँदैछ । गणेशचौक र सुभाङ्गखोलाको दूरी १९ किमी छ भने गणेशचौकबाट सिक्किमसँग सीमा जोडिएको चिवाभन्ज्याङ्ग ६० किमी रहेको छ । च्याङ्गथापुभन्दा माथि गएपछि धेरै जंगल, बाटो घुमेर बढी देखिएको हो तर एरियल डिस्टेन्ट त धेरै होइन, नेपालीले बताउनुभयो । सुभाङ्गखोलाबाट गणेशचौकचाहिँ मेची राजमार्ग, मध्य पहाडी राजमार्ग जोड्न सकियोस् भनेर जोडिएको हो ।
लावरबोटे सुभाङ्गखोलाको कालोपत्रे दुई प्याकेजमा हुँदैछ । हाल खरिद ऐन अनुसार ५अर्बसम्ममात्र नेपाली कन्ट्याटरले काम गर्न पाउने व्यवस्था असार २० गतेदेखि लागू गरेको छ । ५ अर्ब ७६ करोड ८५ लाख भएकोले यसलाई दुईवटा प्याकेज बनाइएको हो । प्रमुख नेपालीले भन्नुभयो एकातिर भन्दा पनि धेरैतिरबाट काम गर्न मिल्ने गरिएको छ । लाबारबोटेबाट लिबुखोला सम्म एउटा प्याकेज बनाइएको छ भने अर्को ४ किमी खण्ड फेदापा (गणेशचौक) छेउसम्म अर्काे प्याकेज बनाइएको छ । लाबारबोटेबाट चतरासम्मको सडक ४६ किमीको काम भइसरहेको छ । पुलहरुको डिजाइन सिद्धिएको र टेन्डर भइसकेको छ । पहिलो चरणमा पुलहरुको निर्माण भएरमात्र कालोपत्रे चरणमा जान्छ । यसको स्टाटिजी के हो भने ताप्लेजुङ्ग, पाँचथर, तेह्रथुम, धनकुटाको जनसंख्या जुन मुलघाट सम्म आइपुग्छन् उनीहरुलाई चतरा जान अल्टरनेटको धरानको सडक छँदैछ । त्यसैले लाबरबोटे सुभाङ्ग खोलाको सडकलाई आयोजनाले प्राथमिकतामा राखेको हो । बारबाटेबाट चतरासम्म ६ वटा पुलहरु बन्ने भएका छन् ।
