विराटनगर । नेपाली काँग्रेसका संस्थापक नेता, आम नेपाली काँग्रेसका आदर्श व्यक्तित्व, प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको प्रतिमाको नेपाली काँग्रेस मोरङ जिल्ला कार्यसमितिले घोर अपमान गरेको छ ।

मुखले बीपीको आदर्शलाई मान्छौं, बीपीको पथमा हिँड्छौं भन्नेहरुबाटै त्यो हदसम्म प्रतिमाको अपमान हुनु दुःखद् कुरा हो । नेपाली काँग्रेस जिल्ला कार्यसमिति मोरङ्गले बीपीको अर्धकदको प्रतिमालाई कार्यालय भवनको भुइँतलाको सिढीको मुन्तिर मिल्काएको छ । भुई तलाको सिढीको मुन्तिर सिमेन्टको फोहोरी बोरा छेउमा बीपीको अर्धकदको प्रतिमा अपमानजनक ढंगले राखिएको छ । सोही सिढी भएर दैनिक सैयौ काँग्रेसका सुटेट, बुटेट कार्यकर्ता भवनको माथिल्लो भागमा उ्रक्लन्छन् । कोही पान खाएर सोही सिढी मुनिको भागमा थुक्छन्, कोही गुट्खा खाएर थुक्छन् ।
नेपाली काँग्रेस जिल्ला कार्यसमिति मोरङको दोस्रो तलामा सभापति, सचिव, कोषाध्यक्षहरु बस्ने आलिशान ढंगले सजाइएका कोठाहरु छन् । तेस्रो तलाको धमाधम निर्माण भइरहेको छ । जहाँ पदाधिकारीका लागि एटेच वाथरुम, ट्वाइलेट सहित अतिथिहरु बस्ने व्यवस्था गरिदैछ । तर पहिलो तलाको सिढी मुनिको दृश्यले सच्चा र इमान्दार काँग्रेसको आत्म सम्मानमा चोट पु¥याएको छ,
मोरङ्गका एक पुराना काँग्रेस नेताले भने ।
