बीपीको स्मृतिमा वृक्षरोपण

धरान । ४० औँ बीपी स्मृति दिवसको अवसर पारेर नेपाली काँग्रेस क्षेत्रीय समितिले धरान १४ पिण्डेश्वर क्याम्पस परिषरमा  वृक्षरोपण गरेको छ । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद
कोइराला (बीपी)को योगदानको स्मरण गर्दै धरानको धार्मिक पर्यटकीय स्थल विजयपुरको पिण्डेश्वर क्याम्पसको प्रांगरणमा वृक्षरोपण गरेको हो ।


यो दिनलाई नेपाली काँगेसले महत्वका साथ हेर्ने भएकोले बीपीको स्मृतिमा रचनात्मक काम गरेर मनाउने उद्देश्यका साथ वृक्षरोपण गरिएको नेपाली काँग्रेस सुनसरी क्षेत्र नं. १ का सभापति सुजेन्द्र तामाङले बताउनुभयो । उनीहरुले अम्बक, सिरिस, कफी, अमला लगायतका २ सय विरुवा रोपेका थिए । धरान १४ धार्मिक पर्यटकीय स्थल भएकोले वातावरण स्वच्छ बनाउनकै लागि पनि विभिन्न जातिका विरुवा रोपिएको धरान १४ का वडासदस्य राम तामाङले बताउनुभयो । नेपाली काँग्रेसका महान नेता, पूर्व प्रधानमन्त्री समेत रहेका बीपी कोइरालालाई नेपाली काँग्रेसले अझै पनि मार्ग दर्शकको रुपमा लिएर हिड्ने गरेका छन् । उहाको सम्झनामा प्रत्येक बर्ष काँग्रेसले रचनात्मक कार्य गरेर सम्झिने गरेको छ । कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो । यो दिनमा नेपाली काँग्रेसले प्रत्येक बर्ष सम्झिने गरेको छ ।

तपाईको प्रतिक्रिया