कोरोनापछि मठ मन्दिरमा भीड बढ्दै

धरान । कोरानापछि हरेक क्षेत्रमा चहलपहल बढ्दै गएको छ । कोरोनाका कारण धार्मिक आस्थामाथि ठेस पुगेका भक्तजनहरु कोरोना पछि जनजीवन सहज बन्दै गएपछि धार्मिक आस्थामा सर्वसाधारणको मन गएकोे पाइन्छ । यसैले प्रदेश न.. १ कोे धार्र्र्मिय पर्यटकी क्षेत्र धरानको विजयपुर धार्मिक आस्थाको केन्द्र विन्दु बन्दै गएको छ ।


श्निवार धरान १४ विजयपुरमा रहेको बुढासुब्बा मन्दिरमा अत्याधिक भीड रहेको थियो । भक्तजनहरु नेपाल लगायत भारतको दार्जिलिङ, सिक्किम लगायतका ठाउँबाट बुढासुब्बाको दर्शनका लागि लाइन लागेर बसेको दृश्यले पनि धार्मिक क्षेत्र सर्वसाधारणको आस्थाको केन्द बनेको भान हुन्छ । विगतमा भाकल गरेर भाकल पूरा गर्नेहरु लाइनमा बढी देखिन्थे । साउन महिनादेखि विजयुरका मठ मन्दिरमा बली चढाउन नपाएकै कारण बुढासुब्बा र छेउको गैरेनीमातालाई भाकल बुझाउन कुखुरा बली चढाउनकै लागि भीड बढेको हो । सहज नभएकै कारण समयमा भाकल बुझाउन नसकिएको भाकल बुझाउन आएको सर्वसाधारण बताउँछन् । साउन महिनाभरि भाकल बुझाउन नपाउने भएकोले आज जसोतसो गरेर आएको उनीहरु बताउछन् । अन्य दिनभन्दा अषाढको अन्तिममा अत्याधिक भीड हुने गरेको बुढासुब्बा मन्दिर व्यवस्थापन समितिका सदस्य उत्तम आलेले बताउनुभयो । उहाले साउनमहिनाभरि बुढासुब्बा मन्दिरमा काटमार नहुने भएकोले पनि असारको अन्तिम दिन भाकल गर्नेहरु मन्दिरमा अत्याधिक आएको बताउनुभयो । उहाले मन्दिरमा आएका भक्तजन चढाएको भेटीबाट सञ्चालन भएको बताउदै भक्तजनका सुविधाका लागि मन्दिर व्यवस्थापनले धेरै काम गरेको बताउनुभयो ।
धार्मिक पर्यटकलाई सहज भन्ने उद्देश्यले धरान उपमानगरपालिका वडा नं. १४ ले समेत पर्यटक सूचना केन्द्र समेत सञ्चालनमा ल्याएको छ । विजयपुर ऐतिहासिक मठमन्दिर भएको वडा भएकोले भक्तजनहरुको सुविधाको लागि सहज वातावरण बनाउनेदेखि लिएर सुरक्षा संयन्त्रका विषयमा सबैसंग छलफल गरेर काम थालेको धरान १४ विजयपुरका वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बताउनुभयो । भीड बढ्दै गएपछि पार्किङमा समस्या भएको बताउदै पार्किङका लागि वैकिल्पिक स्थानको खोजी भइरहेको बताउनुभयो ।
विजयपुर ऐतिहासिक महत्व बोकेको पिण्डेश्वर मन्दिर, दन्तकाली मन्दिर, पञ्चन्या मन्दिरसंगै बुढसुब्बा मन्दिर रहेका छन् । अन्य मन्दिर प्रदेश नं. १ मा रहे पनि बुढासुब्बा मन्दिर प्रदेश १ मा धरानमा मात्र रहेको छ । बुढासुब्बा मन्दिरको धार्मिक किवदन्ती, महत्व सुनेर पूजाआजाका लागि सर्वसाधारण यहा आउने गरका छन् । यहा रहेको टुप्पो विनाबो बासको चर्चा धेरै ठाउँ हुने गरेको छ ।यसको महत्वको कुरा सुनेर पनि बुढासुब्बामा देश तथा विदेशबाट आउन गरका छन् । इतिहासकार इमान सिंह चेम्जोङले विजयपुर राजा बिजय नारायण राय खेवाङको पालामा लिम्बुवान (पल्लो किरात) राज्यको राजधानी रहेको र राजा बिजय नारायणको नाम बाट नै विजयपुर नाम रहन उल्लेख गर्नुभएको  छ ।

 

तपाईको प्रतिक्रिया