घण्टाघरबाट हेर्दा

ओभरडोज जड्याहाहरुलाई..
अब मुलुकभरिका ओभरडोजे जँड्याहा, अर्काकी जोइलाई लघार्ने, खानदानी, हत्याराका छोराहरुका लागि खुशीको खबर छ । अब यी तीन कुरामा पोख्त भएकाहरु सुईँकिँदा राष्ट्रिय सम्मान पाउँछन् । सरकारी रकममै तिन्का शालिक बन्ने भएको छ । ओभरडोज खाने अर्काकी जोइ लघार्न, हत्याराको छोरा हुन कम्ता गाह«ो छ । त्यसै कुरालाई मनन गरेर वर्तमान पञ्चतत्वको सरकारले त्यस्ता क्राइट एरिया पुग्नेको शालिक निर्माण गरिदिने भएको छ । बाह्र बर्षमा ्रखोला पनि फर्कन्छ भन्थे हो रै’छ । पहिला पहिला कवि, साहित्यकार, इमान्दार राजनेता, समाजसेवी, देश बनाउने राजाहरुका मात्र शालिक ठडिन्थे । अब यस्ताका शालिक फोडेर धमाधम तीन गुणले पोख्त भएकाहरुको शालिक बनाउनुपर्छ । त्यत्रो बलिदान गरेर ल्याएको गणतन्त्र पो हो त बाबै । लत्तरो हो र ? यसको शुरुवात प्रण्डाउले नुवाकोटको ककनीमा पुगेर गरिसक्या छन् । समय अनुसार परिवर्तन हुनैप¥यो । कि कसो हौ ?
र्सिंगलबाट त्रिवल भए
राष्ट्रिय भडुवाका रुपमा परिचय बनाएका बाउराम उर्फ हिसिला पोइले बडो गतिलो काम ग¥या छन् । दुईएक बर्ष अगाडि रोइकराई गरेर उपिन्दर जादवको पार्टी प्रवेश गरेर बाउरामले अन्तत ः जादवै पिँधमा पुल्ठो झोसेर गोडा दुएक सांसद च्यापेर निस्केछन् । पञ्चायत कालमा रत्नर्पाकको प्राधिकरणको यमानको भितो बपौति ठानेर प्रजातन्त्र आएसी पनि त्यसै गर्न खोज्दा एमालेबाट रामधुलाई पाएका बाजेको मति कहिल्यै सुध्रिएन । बाजेलाई हुल्दा तरक्की होला कि भन्ठान्या उपिन्दर विचरा अन्तेमा आफ्नै पुर्पुरोमा हात राखेर खुइøया गर्दैछन् । ल्याकत चाराआनाको छैन हैसियतचाहिँ बाह«आनाको खोज्ने बाजेको प्रवृत्तिले अन्तेमा भएका आफ्ना सांसद पनि घटेपछि उपिन्दरको मन कति कटक्क खाएको होला ?
माकुनेको नाम सुन्दै एलर्जी
नेकपा एसका सांसदहरु यतिबेला आफ्नै मुखिया माकुनेको नाम सुन्दा पनि एलर्जी मान्न थाल्या छन् । बोलचालको कुरा त परै जाओस् । अस्तिका दिन त माकुनेले पनि यो कुरा चुहाइहाले आफ्नै साँढ आफैसँग बोल्न छाडे भनेर । माकुनेसँग बोलचालै बन्द गर्नेहरुमा रामकुमारी झाक्री, विरोध खतिवडा, किसान श्रेष्ठ लगायत रै’छन् । एमालेबाट फकाएर लगेर ६ महिना मात्र खान दिएर भुइमा पछारेपछि विचराहरुको मन कति रुहेको होला ? झाँक्रीले त बर्बरी आँशु नै झारिन् ।


विउ छ¥या छ फल्छ रे
भालु परेवाले कहिले एउटाको गुँडमा पसेर अण्डा कोरलेर छोडिदिन्छ, कहिले अर्काको गुँडमा छिरेर अण्डा पारेर हिँड्छ । यतिबेला माउवादी केन्द्रका अध्यक्षे प्रचण्डाउ भालु परेवा झै भा’छन् । कहिले एमालेतिर गएर अण्डा पार्छन, कहिले काँग्रेसतिर गएर अण्डा पार्छन माने विउ छर्छन । अनि बाहिर निस्केर बस्छन् मैले विउ छरेर आ’छु केही दिनपछि फल्छ भनेर । तिन्लाई के थाहा ? तिन्ले कोरेलेको अण्डा कुहिसक्या छ उम्रदैन भनेर । आफ्नो गुँड मजबुत बनाउनु छैन अरुका गुँडमा छिरेर फुल पार्दै, विउ छर्दै हिडेर पनि हुन्छ ? हुन त अरुकै धुत्ने, लुट्ने बानी परेर आएकोले अरुको बलियो घर देखि सहँदैनन् । यतिबेला ती काँग्रेसको गुँडमा छिरेर अण्डा पा¥यापा¥यै छन् । फल्ला र खाउँदा भन्दा हुन् । पर्देश र संघको निर्वाचनमा तिन्का भागमा जुठेल्नाको सितामात्र पर्लाजस्तो छ ।
पार्टीको नभएर गठबन्धनको प्रम
शेखराउले अस्तिका दिन साह«ै गहकिलो कुरा गरे माने शेखर कोइराला क्या ? वाल्वाटारे मुखिया काँग्रेसको पर्धानमन्तरी हुँ भनेर गजक्क परेर बस्या थिए । विचरालाई भ्रम नै रहेछ ।
शेखराउले तिन्को भ्रम दूर गर्दिएका छन् । वाल्वाटारे मुखिया काँग्रेसको पर्धानमन्तरी नभएर गठबन्धनका पर्धानमन्तरी रै’छन् । शेखराउले भन्या । कुरो त सोह«ैआना जायज हो । काँग्रेसका सभापति मात्रै रै’छन् । पर्धानमन्तरी त होइन रै’छन् । गठबन्धनका पर्धानमन्तनरी भएको पोल खुुलेसी’ मुखिया वाले काँग्रेस बढोस, फलोस फुलोस, बलियो होस भन्ने चाहँदैचाहँदैनन् । गठबन्धनको पर्धानमन्तरी भएसी गठबन्धनलाई बढाउनु परेन ? नमक खाएसी’ नमकको सोझो त गर्नुप¥यो । विचरा पनि बन्धनमा प¥या छन् क्या परिबन्धमा । चमडी जाए पर दमडी नजाए भनेझै पार्टी भाँडमा जाओस तर सत्ताबाट हँट्नु नपरोस भनेर गर्न सम्मको प्रयास गरिरा’छन् स्यालबहादुर । कुरो बुझिदिनुमा छ क्या शेखराउ ।
नेताले कुटाइ खाने दिन...
राष्ट्रिय जनमोर्चाका अध्यक्षे चित्रहादुर काजी पनि कहिलेकाँही विचित्रका गफ हान्दिछन् । अस्तिका दिन काजीले भन्या श्रीलंकामा जस्तै नेपालका नेताहरुले पनि कुटाई खाने दिन आउँदैछ रे । काजीको कुरामा घण्टाघरले दमचाहिँ देखेन । नेपालमा श्रीलंका जस्ता हिम्मतवाला जनता नै छैनन् । नेताको मलद्वारलाई हरिद्वार देखेर धुप बाल्नेहरुले नेतालाई चड्काउलान् भनेर कसरी विश्वास गर्नु ? फेरि राज्येका सुरक्षाकर्मीहरुलाई ग्वारग्वार्ती अघिपछि लगाएर हिड्छन् नेपालका नेता । सुरक्षे घेराभित्र छिरेर ंबकीबंक हान्ने हिम्मत कस्को हुन्छ ? हान्ने हिम्मत पनि त हुनुप¥यो । बरु चुपचाप बस्छन् तर हान्न जाँदैनन् । हानी हाले पनि नेता कुट्ने गणतन्त्र विरोधी, प्रतिगामी, राजाका मान्छे, विदेशीले उचालेको जस्ता नाना थरिका आरोप लगाइदिन्छन् । वित्थामा बात करता है चित्रबहादुर काजी ।
कामरेड शब्द असाध्यै…
मण्डले शब्द असाध्यै मन पराउने ताक परे तिवारी नत्र गोतामे चरित्र भा’का राप्रपा नेपालका अध्येक्षे कमलाउलाई हिजोआज काम्रेड शब्द अत्यन्तै मन पर्न थाल्या छ रे । तिन्लाई कमरेड शब्द मन पर्नुको संकेत के होला ? राप्रपा नेपाल अँठ्याएर बस्दा जीन्दगीमा केही झर्ला जस्तो नदेखेपछि तिन्लाई पक्कै कमरेड बन्ने नयाँ आइयिा फुरेको हुनुपर्छ । यसका लागि तिन्ले भ¥याङ खोज्दै छन् । कताको भ¥याङ चढ्दा अकुत फाइदा लिन सकिन्छ भनेर यतिबेला कमलाउ गम खाद्यै छन् । बलियो बाँंगो भएका खप्रओकै पार्टी देखेका छन् । हिजोआज चोचो मोचो पनि त्यतिैतिर बढाएका छन् । तर खप्रओले तत्काल बेबकुफ देखाइ देलानजस्तो छ । विचरा जता गए पनि हिस्सा बूढी हरिया दाँत ।
अन्तेमा
देश यतिबेला टाँट मात्र होइन उत्तानो नै परिसक्या छ । ८८३ सांसद, तीन तहको सरकार, पाँच हजार भिआइपीको लागि मनपरी सुरक्षा, उपचार खर्च गर्दा, अरबका गाडी, खरबको तेल उडाउँदा देशले कोल्टे नफेर्ने त सवालै भएन । गणतन्त्र आएसी’ देशले कोल्टे फेर्ला भन्या त बलात्कारी, हत्यारा, भ्रष्टाचारी, हुक्के, ढोके, वैठकेहरुले मात्र कोल्टे फेरेछन् । जन्ताका लागि जुनसुकै तन्त्र आए नि भालुको कन्पट । कि कसो हौ ?

तपाईको प्रतिक्रिया