सुरु भयो सातौ बास्केटवल ट्यालेन्ट हन्ट

धरान । धरान बास्केटवल संघको आयोजना तथा सुनसरी बास्केटवल संघको प्राविधिक सहयोगमा आज देखि ७ औ ट्यालेन्ट हन्ट बास्केटवल ट्रेनिङ्ग क्याम्प सुरु भएको छ ।
एसइइ दिएर वसेका विद्यार्थी खेलाडिहरुलाई लक्षित ट्रेनिङ्ग क्याम्पमा एसइइ दिएर वसेका विद्यार्थी संगै दश कक्षाका मुनिका विद्यार्थी, प्लस टुका विद्यार्थी र व्याचलर लेवलका गरि ५० जना भन्दा वढि विद्यार्थीहरुले सहभागिता जनाएका छन ।


बास्केटवल खेला विकास संगै उदयीमान खेलाडिहरुलाई प्रोत्साहन गर्ने उद्धेश्यले आयोजित क्याम्पमा सहभागि एसइइ दिएका विद्यार्थी मध्ये वाट प्रतिभावान खेलाडिहरुलाई धरानको विभिन्न कलेजमा कक्षा ११ मा छात्रवृतिmका लागि सिफारिस गरिने सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदिले क्याम्पको उद्घाटन कार्यक्रममा जानकारी गराए । उनिहरुलाई धरानको धरान मेघा कलेज, एम्स एकेडेमि, डिपो स्कुल, सियोन स्कुल र सगरमाथा एसडि कलेजमा छात्रवृतिmको लागि सिफारिस गरिने अध्यक्ष सुवेदिले वताए ।
संघको सिफारिसमा विगत लामो समय देखि खेलाडिहरुलाई प्रोत्साहन गर्दै धरानका विभिन्न कलेजमा सय भन्दा वढि विद्यार्थीहरुलाई छात्रवृतिmमा अध्यपन गराइरहेको आयोजक धरान बास्केटवल संघले जनाएको छ । क्याम्पको उद्घाटन कार्यक्रममा एम्स एकेडेमिका तर्फ वाट पाच वटा बास्केटवल र धरान मेघा कलेजको तर्फ वाट तिन वटा बास्केटवल आयोजक बास्केटवल संघलाई प्रदान गरिएको थियो । सहयोग प्राप्त वल एम्स एकेडेमिका प्राचार्य मित्र तामाङ र धरान मेघा कलेजका अध्यक्ष कैलाश लिम्वुले क्याम्पका प्रशिक्षकहरुको हातमा हस्तान्तरण गरेका थिए ।
सहभागिहरुलाई प्रदेश १ का मुख्य प्रशिक्षक विकास चाम्लिङ राई, उनको सहयोगिको रुपमा हेमत्त राई, डा. आशा राई,
रोशन राई, युगल लिम्वु, कविन मगर र दिवस राईले प्रशिक्षण दिनेछन । ट्रेनिङ्ग क्याम्प धरान १२ स्थित धरान मेघा कलेजको बास्केटवल कोर्टमा संपन्न भइरहेको छ । क्याम्प असार १९ गते सम्म रहने छ ।

तपाईको प्रतिक्रिया