दलीय व्यवस्थाको औचित्यमाथि प्रश्नचिन्ह

मुलुकमा गणतन्त्रका सम्वाहक यति छिटो पतन हुन्छन् र गणतन्त्र यति छिटा समयमा कुहेर गन्हाउँछ भन्ने कुरा आम नेपाली जनताले कल्पनासम्म गरेका थिएनन् ।
गणतन्त्र स्थापना पश्चात दोस्रो पटक भएका स्थानीय निकाय अन्तर्गको चुनाव, त्यसबाट चुनिएका र स्थानीय जनप्रतिनिधि, गणतन्त्र संवाहकहरुको गतिविधि, निर्वाचनमा मतदाताले देखाएको निराशापूर्ण सहभागिता, राजनैतिक दलका उमेद्वारको पराजय, स्वतन्त्रउमेद्वारहरुले देशका महत्वपूर्ण स्थानमा हसिल गरेको विजय, आदि आदिले के अब मुलुकमा गणतन्त्रसगै दलीय व्यवस्थाको औचित्य समाप्त भएको हो भन्ने वहस ुशुरु भएको छ ।
पछिल्लो केही बर्ष यता मुलुकमा रहेका राजनैतिक प्राय ः सै विचार, आदर्श, सिद्धान्त, शून्य अवस्थामा छन् । आफ्नो निहीत स्वार्थको लागि ती जोसुकैसँग पनि एक अर्कामा लिन हुन तयार हुन्छन । राष्ट्रिय स्वार्थको सोच उनीहरुमा हराइसकेको छ, शून्य प्रायः छन् । उनीहरुको प्रमुख स्वार्थ सत्तामा लागि जुनसुकै हदसम्म गिर्ने, आफ्ना छोरा बुहारी, भाई, सालासालीहरुलाई राज्यका महत्वपूर्ण निकायहरुमा नियुक्ति दिलाउने, भ्रष्टाचार, कमिशनबाट नव धनाढ्यको पंक्तिमा पुग्नेमात्र देखियो । विचार, आदर्श र सिद्धान्तको पछि लागेर राजनेतिक पार्टीमा आवद्ध हजारौ लाौ कार्यकर्तालाई अवसरबाट बञ्चित गर्ने, रकम लिएर उनीहरुलाई अवसर दिने, कार्यकर्ताले दलका नेता भन्दा पनि किचेन क्याविनेटको हैकम मान्नुपर्ने, कार्यकर्तालाई दाश रैती सरह व्यवहार गर्ने जस्ता अनेकौ कारणले हाल दलीय व्यवस्थाको औचित्यमाथि नै प्रश्न तेर्सिएको हो ।
दोस्रो स्थानीय निकायको निर्वाचनले पनि यो कुराको थप पुष्टि गरेको छ । योग्यता, क्षमता, निरन्तरता, संगठनमा कुनै दुःख नगरेका पार्टीको नाममा नेतालाई रकम दिएको भरमा कथित गठबन्धनको नाममा आफ्नै कार्यकर्तालाई अवसरबाट बञ्चित गरेपछि यतिबेला देशैभरिका स्थानीय निकायमा स्वतन्त्र उमेद्वारहरुल्े उमेद्वारी दिएका रउनीहरुले दलीय उमेद्वारलाई भारी मतले पराजित गरेको अवस्थालाई अब राजनेीतक विश्लेषक र दलका नेताहरुले कसरी बुझ्ने ? दलका उमेद्वार भन्दा स्वतन्त्र उमेद्वारले निर्वाचनमा पाएको सफलताबाट निर्दलीय व्यवस्थाको प्रादुर्भाव भएको आंकलन गर्न कठिन हुँदैन ।
राजनैतिक दलहरुले हरेक निर्वाचनमा नागरिकलाई कथित र काल्पनिक घोषणापत्र पस्किएर आश्वासन बाँड्ने निर्वाचित भएपछि तयस्ता घोषणापत्रमा उल्लेख भएका कुरालाई कहिल्यै पूरा नगर्ने, सम्भवत ः तिनै मतदाताहरु जसले उसलाई निवाचित गरायो उनीहरुकै हुर्मत लिने, महंगी, कालाबजारी, शिक्षा, स्वास्थ्यका सवालमा उदासीन रहने, अमुक केन्द्रबाट सञ्चालित हुने जुन राजनैतिक विकास भएको छ आज मुलुकभरि देखा परेको स्वतन्त्र उमेद्वार त्यस्तै विकृतिका बर्खिलापमा हुन् ।
यसपटकको स्थानीय निर्वातनमा दलका उमेद्वार भन्दा स्वतन्त्र उमेद्वारप्रति मतदाताले आत्मियता देखाएका छन् । दलका उमेद्वारप्रति प्रत्यक्ष परोक्ष रुपमा घृणा दर्शाएका छन् । त्यसैले दलका अधिकारिक उमेद्वारहरुभन्दा स्वतन्त्र उमेद्वारहरल्े देशका मुख्य सहरका वडादेखि प्रमुख, उपप्रमुखसम्मका पदमा विजयी हासिल गरेका हुन् । तसथ मुलुकको विग्रदो राजनैतिक अवस्थालाई ट्रयाकमा ल्याउने हो भने सदैव सत्ताको हालीमुहालीमा बसेका, तिनका आरेपासेहरुको सम्पति छनविन हुनुपर्छ । उनीहरुका सम्पत्ति राष्ट्रियकरण गरिनुपर्छ, राजनैतिक आडमा अपराध कर्ममा मुछिएकाहरुले कानुन बमोजिम सजाय पाउनुपर्छ, राजनैतिक आडमा हुने डनवादको अन्त्य हुनुपछ । अन्यथा गण्तन्त्रको जरा उखेल्न आम नागरिक सडकमा आउने दिन सधेै टाढा रहँदैन ।

तपाईको प्रतिक्रिया