जेष्ठ ५ गतेभित्र मतगणना सम्पन्न गर्न आयुक्तको निर्देशन

धरान । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जेष्ठ ५ गतेभित्र सम्पूर्ण मतदान सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।
आयुक्त थपलियाले सोमबार धरानमा रहेको निर्वाचन अधिकृत कार्यालयको निरीक्षण गर्ने क्रममा यस्तो निर्देशन दिनुभएको हो ।


उहाले यसका लागि निर्वाचन आयोगले जस्तोसुकै सहयोग गर्न तयार रहेको बताउदै निर्वाचन आयुक्तद्वारा मतगणनाको अनुगमन, गणक संख्या दोब्बर बनाउन निर्देशन दिनुभएको छ ।
उहाले मतगणना कार्य सुस्त भएको र नतिजा आउन ढिलाई भइरहेको जनगुनासो अत्यधिक आइरहेको बताउदै धरानका निर्वाचन अधिकृत पुष्करराज नेपाललाई गणक संख्या दोब्बर बनाउन पनि निर्देशन दिनुभएको हो । थपलियाले कर्मचारीहरुको सुविधा बढाउन आयोग सकरात्मक रहेको भन्दै सहयोग गर्न सबै पक्षलाई आग्रह पनि गर्नुभयो ।
आयुक्त थपलियाले जेठ ५ गतेभित्र मतगणना कार्य सम्पन्न गर्नें गरी गणना कार्यलाई अघि बढाउन पनि निर्देशन दिएका भएको छ । उहाले ५ गते १२ गतेभित्र २०७४ मा निवार्चित जनप्रतिनिधिहरुको पदावधि सकिने भएकोले ६ गते नयाँ जनप्रतिनिधिहरुलाई स्थानीय सरकार हस्तान्तरण गर्न आयोग आतुर रहेको पनि बताउनुभयो । स्थानीय तह जनप्रतिनिधिविहिन नहोस् भन्ने आयोगको मुख्य उद्देश्य रहेको पनि उहाको भनाई थियो ।
मोरङको रंगेली नगरपालिकामा भएको विवादपछि स्थगित भएको मतगणना सल्टाउन रंगेली आउनु भएका आयुक्त थपलियाले मोरङ र सुनसरीका निर्वाचन कार्यालयमा भइरहेको मत गणनाको वस्तुस्थिति बुझ्नु भएको हो । त्यस अवसमा रंगेलीमा विवाद मिलिसकेको र मतगणना शुरु भइसकेको समेत जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया