३० दलीय मार्चाको आन्दोलनले जनजीवन अस्तव्यस्त

धरान/सहमतिबाटै संविधान निमाण, एकल जातीय पहिचानमा आधारित संघीयता लगायतका माग
राखी चैत्र ११ गतेदेखि चरणबद्ध रुपमा आन्दोलनमा उत्रिएको ३० दलीय मोर्चाले आवहान गरेको तीनदिने आम हड्तालको पहिलो दिन मंगलबार देशभरिकै जनजीवन अस्तव्यस्त भएको छ ।
बन्दका कारण पूर्वका उद्योगधन्दा, कलकारखाना, शैक्षिक संस्था, यातायात, बजार पूर्ण रुपमा ठप्प भएको छ । बन्दकर्ताहरुले सोमबार सााझ धरानमा वृहत मसाल जुुस प्रदर्शन गरेका थिए । धरानको छाताचौकबाट शुरु भएका मसाल जुलुस भानुचौकमा पुगेर कोणसभामा
परिणत भएको थियो । प्रहरीको व्यापक उपस्थितिका बीच मोर्चामा आवद्ध नेताहरुले सरकारको तीखो आलोचना गर्दै अबको आन्दोलन वारपारको हुने बताएका थिए ।
३० दलीय मोर्चाको बन्दका
कारण धनकुटा, भोजपुर, संखुवासभा, तेह्रथुमका कुनै सवारी साधन नचल्दा राजधानीबाट धरानसम्म आएका यात्रुहरु भानुचौकमा अलपत्र परेका
थिए । तेह्रथुमको आठराई पुग्नुपर्ने
राजधानीको गंगालालबाट उपचार
गरेर आएका जीवन विक र उनकी श्रीमति आफूहरुसाग तीन दिनसम्म धरान बस्ने खर्च समेत नभएको भन्दै भानुचौक यात्रु प्रतिक्षालयमा
निन्याउरो मुख लगाएर बसेका थिए । विक दम्पत्ति जस्तै सैयौ यात्रुहरु भानुचौकको बस स्टेन्डमा अलपत्र अवस्थामा देखिन्थे ।
बन्दको सबैभन्दा बढी प्रभाव
राजधानीमा परेको छ । बन्दकर्ताहरुले विहानैदेखि राजधानीका विभिन्न ठाउामा जम्मा भएर बन्द गराएका थिए । प्रहरीले विभिन्न स्थानबाट विहानैदेखि मोर्चाका कार्यकर्ताहरु पक्राउ गरेको थियो । प्रहरीले अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष हिमाल शर्मा, प्रचण्डपुत्री रेणु दाहाल लगायतलाई डिल्ली बजारबाट पक्राउ गरेको थियो । बन्दकर्ताहरुले हिजो मंगलबार बा १ च ९४८७ नम्बरको भ्यान र रोकी राखेको बा १ ज १८७७ नम्बरको ट्याक्सीमा आगजनी गरेका थिए ।
त्र

तपाईको प्रतिक्रिया