धरान । धरानको एक होटलमा महिलाको हत्या गरेर फरार रहेका युवकलाई धरान प्रहरीले आइतबार सार्वजनिक गरको छ
गत फागुन १७ गते धरान १८ बुद्धचौकमा रहेको न्यु कान्तिपुर होटल एण्ड लजको कोठा नंं १०९ मा मृत अवस्थामा फेला परेकी सुमित्रा तामाङको हत्यामा संलग्न रहको भन्दै धनकुटा पाख्रीबस फलाटे घर भएका बर्षृ २४ का जीवनराम भनिने विनाश रानालाई प्रहरीले सार्वजनिक गरेको हो १ नं. प्रहरी कार्यालय विराटनगर, संघीय प्रहरी कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालयबाट खटिएका प्रहरीले पाँचथरको मिक्लाङजुङ गाउ पालिका वडा नं १ सारङडाडा स्थायी घर भई इटहरी उपमहानगरपालिका वडा नं. ५ तुलशाटोलमा कोठा भाडामा बस्दै आएकी ३९ बर्षीया सुमित्रा तामाङको हत्या गरेको अभियोगमा विनासलाई प्रहरीले प्रक्राउ गरी सार्वजनिक गरेको हो ।

हत्याको आरोप लागेका रानालाई प्रहरीले धनकुटा जिल्लाको छथर जोरपार्टीस्थित ससुराली घरबाट प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी सञ्जयसिंह थापाले बताउनुभयो ।
तामाङका श्रीमान नर्वु तामाङ भारतीय सेनाबाट अवकास भएपछि वैदेशिक रोजगारमा गएपछि इटहरीमै सिटी सफारी चलाउदै आएका विनेश र सुमित्राबीच गहिरो सम्बन्ध रहेको अनुसन्धानबाट खुलेको एसपी थापाले बताउनुभयो । फागुन १५ गते छारीलाई खोप लगाउन भनेर निस्किएकी सुमित्रा दुई दिनपछि मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
एसपी थापाका अनुसार फरेन्सिक ल्यावको रिपोर्टले अनुहार, घाटी, जिउ, हात खुट्टा लगायतमा चोटपटक, निलडाम पाइएको र स्वय् अभियुक्तले नै हत्या गरिसकेको स्वीकारेकोले थप अनुसन्धानका लागि अदालतबाट ७ दिनको म्याद थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।
