धरान १८ बुद्धचोकस्थित न्यू कान्तिपुर होटल एण्ड गेष्ट हाउसमा एक महिलाको शंकास्पद रुपमा शव फेला परेको छ ।
होटल बुक गरेर बसेको सो होटलको एक कोठाबाट शंकास्पद अवस्थामा महिलाको शव भेटिएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले अहिले सो होटल सिल गरेको छ । सञ्चारकर्मीलाई समेत भित्र पस्न दिइएको छैन । अनुसन्धनमा बाधा पुग्ने भन्दै धरान प्रहरीले कसैलाई भित्र पस्न दिइएको छैन ।
दुई दिन अगाडि होटल बुक गरेर बसेका उनीहरुको पहिचान खुले पनि प्रहरीले अनुसन्धानमा बाधा पुग्ने भन्दै बताउन चाहेको छैन । होटलमा मृतकको भोटलिस्ट नामावली कार्ड फेला परेको छ । भोष्टलिस्टमा ३९ बर्षीय सुमित्रा तामाङ मिक्लाजुङ गाउपालिका, १ पाँचथर उल्लेख छ । उनीसँगै बस्दै आएका युवको खोजी कार्य गरिरहेको प्रहरीले जनाएको छ । विस्तृत जानकारी आएपछि जानकारी गराइने प्रहरकिो भनाई छ । बिहान कोठा सफा गर्न गएका होटलका कर्मचारीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
इलाका प्रहरी कार्यालय
धरानका डिएसपी नरेन्द्र कुँवरले महिलाको शव भेटिएको र उनको सनाखत गर्न परिवार तथा आफन्तजनको खोजी भइरहेको बताउनुभयो । आफन्तजन आएपछि मात्र शव हेर्ने, घटना प्रकृति मुचुल्का गरिने बताउनुभयो ।
