धरानमा बादर आतंक रोकिएन प्रदेश संसदमै यस विषयमा चर्चा चल्दा पनि समाधान भएन

धरान । धरानमा बादर आतंक भर्खैरै मात्र भएको होइन, यो आतंक बर्षौदेखि छ । बादर आतंकबाट सर्वसाधारणलाई छुट्कारा नपाउने भएपछि २०७० सालमा बादर पीडित संघर्ष समिति गठन भयो ।
यो समितिले स्थानीय सरकार, प्रदेश सरकार तथा संघीय सरकारलाई समेत ज्ञापनपत्र बुझायो । समितिका अध्यक्ष सकुल श्रेष्ठको नेतृत्वमा तीनै सरकारलाई ज्ञापन बुझाउदा पनि समस्या समाधान हुन सकेको छैन ।


पछिल्लो समय धरानमा बांदर आतंकले सर्वसाधारण झन आजित भएका छन् । यस विषयमा न त स्थानीय सरकार धरान उपमहानगरपालिकाले गम्भीतापूर्वक लिएको छ न त प्रदेश तथा संघीय ।
२०७० सालमा सु्नसरी प्रदेश नं. १ बाट सभासद बनेकी सावित्रा जोशीले सदनमै धरानको बादर आतंकको विषयमा उठाउनुभयो । उहाले दुई बर्ष अगाडि सदनमै कुरा उठाउदा त्यहा उपस्थिति सासदहरु समेत अचम्मित बनेका थिए । उहाले भन्नुभएको थियो ‘प्राय बादरले खेतिपाती विगार गर्छ, कृषकको उठिबास गराउँछ तर पर्यटकीय क्षेत्र धरानमा भने बादर बस्तीमै पर्छ अनेक दुःख दिन्छ ।’
२०७६ फागुन ६ गते उनले सदनमै कुरा उठाउदा पनि यो विषय सांसद भवनमा मजाक बनेको थियो । उहाले भन्नुभएको थियो ‘नजिकैको जंगलबाट बाँदर हुलका हुल धरान बजार पस्ने, सर्वसाधारणले पकाएको खाना खाइदिने, विगार गरिदिने, व्यापारीको फलफूल चोरिदिने, विजुलीको पोलमा भएको तार सर्ट गराइदिने, टेलिफोनको तार चुडाइदिने लगायतका उच्खृंल काम बाँरदले गर्दा धरानका सर्वसाधारण हैरान भएका छन् ।’
उहाले बादरले मानवीय क्षति समेत गर्ने गरेको बताउनुभयो । उहाले संसदमार्फत धरानको बादर आंतकको विषयमा प्रदेश सरकारलाई ध्यानाकर्षण गराउनुभएको थियो । यता बादर आतंकको विषयमा पीडित भएकाहरुले २०७० सालमा बँदर पीडित संघर्ष समिति गठन गरेर तीनै सरकारको ध्यानाकर्षण गराउदै आएका छन् । संघर्ष समितिका अध्यक्ष सकुल श्रेष्ठले यस विषयमा बारम्बार जानकारी गराउँदा समेत तीनै सरकारले आफूहरुको कुरालाई मजाकको विषय बनाएर गम्भीर नभएको दाबी गर्नुभयोे । समितिका अध्यक्ष श्रेष्ठले भन्नुभयो–‘स्थानीय, प्रदेश तथा संघीय सरकारलाई समितिले पटक पटक ध्यानाकर्षण गराउने काम गरेका छांंै, यसतर्फ यसतर्फ गम्भीर बनेको पाइएन ।’
केही समय अगाडि धरान उपमहानगरपालिकाले बादरलाई व्यवस्थापन गर्ने काम गरेपनि त्यो दीर्घकालीन हुन नसक्दा अहिले धरानमा यो समस्या झन ठूलो भएको छ । बादरबाट खासगरी धरान १, २, ३, १२, का सर्वसाधारण सबैभन्दा बढी पीडित बनेका छन् ।
.संघर्ष समितिका संयोजक श्रेष्ठ भन्नुहुन्छ ‘धरानका बादरहरु यति हिंस्रक बनेका छन्, मानवलाई आक्रमण गर्नेदेखि लिएर ठूलो उप्रदो गर्ने गरेका छन् ।’ उहाले बादरले तार चुडाएकै कारण सैयौचोटी केवलको तार, विजुली तार, इन्टरनेटको तार जोड्न खबर गरिरहनु पर्ने समस्या भोगेको बताउनुभयो । उहाले भन्नुभयो–‘बादर व्यवस्थापनका लागि धरान उपमहानगरपालिकाले ५ लाख बजेट त्यसबेला छुट्याएको भन्ने सुनेको थिए, त्यसबेला वन विभागसंग मिलेर व्यवस्थापनको काम पनि गरेको थियो, तर अहिले अवस्था जस्ताकोतस्तै छ, समाधान भएको छैन ।’
संयोजकका अनुसार विगतको भन्दा अहिले बादरको संख्या थपिदै गएको छ । उहाँले अहिले धरानमा २ सयदेखि २ सय ५० बादर रहेको अनुमान रहेकोब बताउनुभयो । उहाँ भन्नुहुन्छ ‘बर्षेनी बादरको संख्या बढ्दै गएको छ, जति जति बादरको संख्या बढ्दै गयो त्यति त्यति बाँदरले उप्रदो मच्चाउन थालेका छन्, हिंस्रक बन्दै गएका छन् । यसलाई तीनै तहका सरकारले मजाकको रुपमा नलिई गम्भीर रुपमा लिएर समाधानमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

तपाईको प्रतिक्रिया