घण्टाघरबाट हेर्दा

माकुनेको रोदन
हिजोआज झालेमालेका नेता माकुन्याउ ह्वा–ह्वा डाको छोडेर रुदै हिड्दै छन् । माकुन्याउको डाको छाडेर रुदै हिडेको देख्दा घण्टाघरलाई पनि ननिको लाग्न थाल्या छ । बूढो मान्छेले त्यससरी डााको चोडेर रुदै हिाडेको घण्टाघरलाई मत्र हैन कसलाई पनि राम्रो लाग्ने कुरै भएन । अस्तिका दिन पश्चिमको अछाम पुगेर पनि माकुन्याउले पत्रकारकै अगाडि डााको छाडेछन् । मान्छे अप्ठेरो पर्दा, आफन्त गुमाउादा, कर्सबाट धोका खादा रुन्छन् । माकुन्याउको रुवाई चाहिा अर्कै खालको रै’छ । पार्टीले आफूलाई कुनै जिम्मेवारी दिएन भनेर उनी रुएका रै’छन् । कुराको चुरो बुझेपछि घण्टाघर कम्ता खित्का छाडेर हाासेन । उन्ले भने आपूले जिम्मेवारी नपाउादा नेपाल र नेपालीले दु:ख पाएका रे । त्यत्रो पर्धानमन्तरी, मासचिव भैसक्या मान्छेले जिम्मेवारी पाउादा के नाप्याथे ? अहिले पद नहुादाचाहिा जिम्मेवारी पाइन भनेर डाको छोड्दा कस्का कन्सिरी तात्दैन । दिनभरि नखाने राति उठेर कोल चाट्ने भन्या यही हो ।
६ करोड चैट्ट
हाम्रो देशका गरिब पर्धानमन्तरी सुशिल दा’ को ६ करोड रुपैयाा चोरी भएको छ । विचिरा दा’ले खाइ नखाई जम्मा गर्‍या थे होलान् । कुनचाहिाको लामा हात पर्‍यो । सम्पत्तिका नाममा जम्मा तीनवटा मोवाइल मात्र छ भन्थे दा, हैन रै’छ । दा’साग गााठ त टन्नै
रै’छ । पार्टीको तेह्रौ महाधिवेशनलाई खर्च भनेर राख्या थे रे दा’ले । पर्धानन्तरी जस्तो मान्छेको कोठाबाट ६–६ करोड हराउादा नि नेपालका पुलिसहरु के भद्रो हेरेर बस्या होलान् ? भााडाकुाडा चोर्ने, पाकेट मारी गर्नेहरुलाई झ्याम्म–झ्याम्प समाउन सक्ने नेपालका पुलिसहरुले त्यत्रो रकम स्वत्तै बनाउदा पन सुइाको सम्म पाउन सक्या रै’नछन् । सुइाको पा भे त कर्‍याप कुरुप पारहाल्थे नि । यसभन्दा अगाडि पनि दा’ को ओछ्यानबाट १२ लाख दपच भा’थ्यो । हैन हौ ? दासाग यत्तिका पैसो कहााबाट आ होला ? पक्कै पनि मेडिकल माफिया, अदालतका विचौलिया, तस्करहरुले द्या होलान् । अस्तिका दिन त दा’दलाई साह्रै जग चलेछ अनि प्याच्च भने पक्कै त्यो लक्ष्मणे डाकाले लग्या हुनुपर्छ ।
राष्ट्रघाति रे ?
सरकारले भिषाको काम विदेशीलाई ठेक्कामा दिने तयारी गरेपछि सुर न बेसुरका हाम्रा नेताहरु सरकारले राष्ट्रघाति काम गर्न लाग्यो भनेर विचच्याका चिच्याएै छन् । किन चिच्याएका होलान् ? बुझ्नु सुझ्नु केही छैन राष्ट्रघात भयो भन्दियो फिनिस । अस्तिका दिन घरेलु मन्त्री बाउदेउ गौतमलाई पनि साह्रै जंग चलेछ उन्ले प्वाक्कै भन्दिए विदेशीलाई दिने निर्णयको विरोध गर्ने नै राष्ट्रघाति हुन् । विदेशीले नािदा गएर पाउ पर्ने, दिादा गएर पाउ पर्ने, दिाद ा पन िराष्ट्रघात भयो भन्ने बुझिनसक्नु भा’छ वा झ् वास्तवमा भिसिा भन्या विदेशीलाई नै जिम्मा दिने हो । भीसा पाएसी जाने त विदेशै हो ।, पंचायनको कोठामा राखेर भिषाको पूजा त गर्दैन् होला ?
सुजुको घोषना
स्व. गिर्जाउ पुत्री सुजाता जोष्ठलाई पनि कहिलेकाहीा के सनकले हुन्छ हुन्छ ? बोलइीको टुंगंो नभाका जोष्ठले अस्तिका दिन झापाको विर्तिामोडतिर पुगेर भनिछन् तेह्रौ महाधिवेशनमा म सभापति उठ्छछु , मलाई भोट दिनुस., जिताउनुस् । कार्जेकर्ता यतिबेला कम्ता दोधारमा पर्‍या छैनन् । भोट दिउा जितेपछि यिन्ले पार्टीका लागि माखो मानर्पे पनि हैनन् । नदिउा जाएउको आत्माले शान्ति नपाउने । क्या धरमरका पर्‍या छन् कार्जेकर्ताहरु । हाइटै नपुगी चुचुरो छुन खोज्दा बल्ड्याङ्ग खाइन्छ भन्ने कुरा जोष्ठटले पत्तै पाएको छैनन् कि क्या हो । टन्न पैसो खर्च गर्ने, कार्जेकर्ता किन्ने चुनाउ त युा जितिन्छ भन्ने सुजुमेमले सोचेकी होलिन् । पैसो खर्च गर्दा नै चुनाउ जितिने भए सुनसरी क्षेत्र नं. ५ मा उपिन्द्रसाग किन जोष्ठको जमानतै जफल भयो ? कुरो खै बुझ्या सुजु मेम ?
मनको बाघ
बर्ष गफाडी प्रचण्डाउ पत्नीसहित चाइना घुमेर आए । लाठी जुलुससको समय भएकाले उन्का नन्दीर्भगीहरु स्वागत गर्नर् एयरपोर्ट नजाने सवालै भएन । केही नन्दीभृंगीहरु लाठी लिएर स्वागत गर्न पुग्दा प्रचण्डाउ झस्केछन् । किन नझस्किाउन् त ? लाठी बोकेका सबै कार्जेकर्ता चिनेर साध्ये पनि भएन । हतार हतार अर्का एकजना कार्जैकर्ता अगाडि सरेर भनेछन् कस्तो नचिनेको कामरेड ? ह्वाा हाम्रै कार्जैकर्ता हो क्या । सर्कारलाई तर्सउन लठ्ठी बोक्या । हुन त प्रचण्डाउलाई धेरै दिनदेखि वनको वाघले भन्दा नि मनको वाघघले खान थाल्या छ । कहिले भन्छन्, मलाई मार्ने योजना बनाएको सुइाको पाएका छु, कहिले भन्छन् म सुरक्षित छुइना । हे दैव प्रचण्डाउलाई कुनै फोवियाले भेट्यो कि क्या हो । हुादा हुादा आÏनै कार्जेकर्ता बोकेका लठ्ठी देख्दा पनि झस्कन थाल्या
छन् ।
बूढो भएसी भीर…..
गोरु बूढो भएसी भीर खोज्छ मान्छे बूढो भएसी निहुा खोज्छ भन्ने हो रै’छ । अब हेरौ न घरमा नातिनातिनाको रेखदेख गरेर बस्ने उमेरमा नेक्पा–माउवादीका संयोजक वैधाउलाई न शरीरको टुंगो छ न बोलीको टुंगो छ । अस्तिका दिन फुकिढल वैधाउले भन्या नेपालका शैक्षिक संस्थाहरु बेरोजगार उत्पादन गर्ने थलो बन्दै छ रे । तयसको भए नेपाललका शैक्षिक संस्थाहरु सबै बन्द गर्दिम न त ? शैक्षिक संस्थाहरुप्रति वैधाउको किन त्यत्रो आक्रोस र औडाहा ? पक्कै पन िशैक्षिक संस्थाहरुले वैधाउको पार्टीलाई चन्दा देनन् होला : द्या भे छ बाले यसो भन्न नै थिएनन कि कसो हौ वैधाउ ?
अत्तेमा
स्थाीय विकास मन्त्री प्रकाशमान सिंहले भन्या माउवादीहले संविधान नचाहदा समस्इा भयो । आफू नाच्न नजान्ने अनि अरुलाई आागन टेढो छ भनेर त भएन नि । पहिला पहिला माउवादी नभएनि प्रक्रियाबाट संविधान बनाउने काम रोकिदैन भनेर बडो फुइा लगाउने प्रकाशमान हिजो आज चाहिा अर्थोक अर्थोक कुरा गर्ने थाल्या छन् । माउवादी लगायत ३० दलीय मोर्चाले लठ्ठी जुलसु गर्दैमा आम हड्ताल गर्न थालेसी प्रकाशमानको हंसले ठाउा छोड्न थालेछ ,। संविधान जारी हुने बित्तिकै मन्त्रालयमा नभएर चाम्सीवारी मै थन्किनुपर्ने बुझ्या भाने माउवादीलाईदोष मात्र लगाउका हुन् कि क्या हो ?

तपाईको प्रतिक्रिया