धरान/सन् २००८ मा भारतको विभिन्न स्थानमा बम विस्फोट गराई १ सय ६६ जना भारतीय सर्वसाधारणको ज्यान लिने मुस्लिम आतंकवादी संगठन मुजाहिद्धिनका चार लडाकुले जिल्ला प्रशासन कार्यालय सुनसरीबाट नेपाली नागरिकता र पासपोर्ट लिएको सात बर्षपछि आएर खुलासा भएको छ ।
मुस्लिम आतंकवादी संगठनले सात बर्ष अगाडि भारतको अत्यन्तै व्यस्त सहर दिल्ली, लखनउ, वाणारसी, गोरखपुर, अहमदावाद, फैजावाद, जयपुर लगायतका स्थानमा श्रृं्रखलावद्ध बम विफस्टाने गराएका थिए । विस्फोट लगत्तै आतंककारीहरु सुनसरीको रामनगर भुटाहा आएर बसेका थिए ।
उनीहरुले २०६६ साल जेठ २२ गते र असार ९ गते नेपाली नागरिकता लिएका थिए । सुनसरीको नरसिंह गाविस वडा नं. ७ का मोहम्मद समिम मियाालाई सहनवाज मियाा र अहमद हुसैनले बाबु बनाएका थिए भने मिसर मियाालाई इर्साद आलम र फजद अन्सारीले बाबु बनाएका थिए । सहनवाजको वास्तविक नाम डा. सहनवाज रहेको पत्ता लागेको छ । उनको नेपाली नागरिकता नम्बर ०६१०४९/१३८१२९ र पासपोर्ट नम्बर ४४८५७०० रहेको छ । यस्तै मोहम्मद अहमद हुसैन नेपाली नागरिकतामा उल्लेख भएपनि उनको वास्तविक नाम अबु
रसिद रहेको छ । उनले लिएको नेपाली नागरिकता नम्बर ०६१०४९/१३८१२८ र पासपोर्ट नम्बर ४५३३४५६ देखिएको छ ।
यसैगरी वास्तविक नाम मोहम्मद खालिद र नेपाली नागरिकतामा इर्साद आलम व्यक्तिको नागरिकता नम्बर ०६१०४९/१३९२३८ र पासपोर्ट नम्बर ४५३३८५४ उल्लेख गरिएको छ भने सलमान शेखको नेपाली नागरिकतामा मोहम्मद फजद अन्सारी रहको र उनको नागरिकता नम्बर ०६१०४९/१३९२३७ तथा पासपोर्ट नम्बर ४५३३०८५५ रहेको छ । यी चारै जनाको जिल्ला प्रशासन कार्यालय सुनसरीका रहेको ढड्डाबाट फोटो लिन आग्रह गर्दा प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले गृहको आदेश भन्दै फोटो दिन अस्विकार गरे । पुन: यस्ता गतिविधि नदोहोरियोस् र गलत मान्छेहरु निरुत्साहित होऊन् भन्नेतर्फ प्रशासन अझै पनि सचेत भएको पाइएन । विदेशी आतंककारी तथा अन्य कसैले पनि नेपालबाट सहज ढंगले नागरिता र पासपोर्ट लिने गरेको जिल्ला प्रशासन कार्यालय सुनसरीको घटनाले पनि थप पुष्टि गरेको छ । मुस्लिम आतंकवादी संगठन इन्डियन मुजाहिद्धिनका चारजनाले नेपाली नागरिकता र पासपोर्ट लिएको भारतीय गुप्तचर संस्थाले पत्ता लगाएर सूचना दिएपछि मात्र गृहमन्त्रालयले यसमा छाबिन गरेको थियो । नाममात्रको नेपाली गुप्तचरहरु हालसम्म बेखबर रहनु थप लज्जाको कुरा हो ।
जिल्ला प्रशासन कार्यालय सुनसरीका एक कर्मचारीका अनुसार यो कार्यालय सम्वेदनशील भएपनि लथालिंग छ । नागरिकतामा मात्र हैन अन्य कुरामा पनि यस्तै छ । कुनै पनि निकायको सिफरिसमा छानबिन हुादैन । अझ मुसलमानहरुका छोरा–छोरी नागरिकता बनाउन आउादा हिन्दी बोल्छन् । हम नेपाली नही समझते भन्छन् । उनका अनुसार नेपालमा गणतन्त्र आएपछि वेथिती अझ चुलिएको पनि सुनाए । उनका अनुसार २०६३ सालमा जन्मका आधारमा जति नागरिकता बाडिएको छ त्यसमा अधिकांश फर्जी छन् । दुरुस्त कागजपत्र र लाभका कारण स्थानीय नेताले दिएको दबाबका
कारण त्यसबेला यहाा नजन्मिएकाहरुले पनि नागरिकता पाएका छन् । छानबिन कसले गर्ने उनी भन्छन् ?
सुनसरीका तत्कालीन प्रमुख जिल्ला अधिकारी (कामु) हरिकृष्ण उपाध्याय प्रशासकीय अधिकृत वेधनिधी खनाल गाविस सचिव राजकुमार न्यौपानेले नागरिकता लिनेहरुको बाबुको अध्ययन नै नगरी नागरिकता दिएको पुष्टि हुन्छ । यसमा ठूलो आर्थिक चलखेल भएको हुन सक्ने कार्यालयकै अर्का कर्मचारी बताउाछन् । भारतमा बम विस्प्फोट गराएपछि उनीहरु सुनसरी भुटाहा गाविस वडा नं. ५ का खुर्सिद आलम अन्सारीको घरमा आएका बसेका थिए । वादा सकिरका दाजुले भारतको अहमदावादबाटै खुर्सिद आलम अन्सारीलाई फोन गरी चारजनालाई पाहुनाका रुपमा राख्न भनेको गृहमन्त्रालाय स्रोतले समेत पुष्टि गरेको छ । भुटाहामा बस्दा खुर्सिदको नेशनल इंगलिस बोर्डिङ्ग स्कुलमा उनीहरुले केही समय शिक्षकको रुपमा समेत काम गरेका थिए । यहाा
स्मरणीय कुरा के छ भने सुनसरीको भुटाहा, नरसिंह, हरिपुर, लौकही, हरिनगरा, पश्चिम कुसाहा, अमाइबेलाहालगायतका बस्तीहरु मुस्लिम बाहुल्य छन् र ती स्थानमा संदिग्न मुसलमानहरुको आवतजावत भइरहने स्रोतले जानकारी दिएको छ । प्रहरी प्रशासनले समेत ती स्थानमा रेकी गर्न सकेको देखिदैन ।
नागरिकतासागै पसपोर्ट हात लागेपछि उनीहरु चारैजना २००९ को अगस्त
र सेप्टेम्बरमा अल अरेवियाको उडानमार्फत संयुक्त अरब इमिरेट्सको सारजहा पुगेका थिए । त्यसपछि आतंककारी गतिविधिमा थप तालिम लिन उनीहरु पाकिस्तान गएका थिए । जब सन २०१० जनवरी २० मा नेपाल आएका सलमान सेख भारतमा पक्राउ परे त्यसपछि भारतीय गुप्तचर संस्थाले गहिरो छानविन थाल्यो र वास्तविकता सहित नेपालको गृह मन्त्रालयलाई सूचना दियो । हाल गृहले चारै जनाको नागरिकता र राहदानी खारेज गरिसकेको छ भने दोषीउपर कारबाही गर्न थप अनुसन्धान अगाडि बढाएको छ ।
