विपिन सुब्बा
वान रोड वान वेल्ट इनिसिएटिव अवधारणा अन्तर्गत चीनले पछिल्लो पटक तमोर जलाशयुक्त आयोजनामा ज्वाइन्ट भेन्चरमा लगानी गर्ने भएको छ ।
उसले अर्थात चीनका राष्ट्रपति सी चीनफिङले सन २०१३ मा विआरआइको अवधारणा ल्याएका हुन् । त्यसलाई चीनले सन् २०१७ मा आफ्नो संविधानमा समावेश गरेको हो । यही अवधारणा अन्तर्गत उसले नेपालमा थप लगानीको वातावरण खोजिरहेको थियो ।
नेपालका विभिन्न जलविद्युत आयोजना, सडक, विमानस्थलमा पूर्वाधार निर्माणका लागि हात हालेको चीनले ७६२ मेघावाटको तमोर जलाशययुक्त जलविद्युत आयोजनाको माघ ५ गते चार किल निर्धारणको बाधा फुकेसँगै चाइना पावर कस्ट्रक्सन कर्पोरेशन अफ चाइना लिमिटेडले खुशी व्यक्त गरेको छ ।
यस भन्दा अगाडि चीनको सिचुवान प्रान्तको इपिन सहरस्थित रहेको नेपाली महावाणिज्य दुतावासका अधिकारीहरुसँग चिनियाँ पक्षले जलविधुत, विद्युतीय सवारी कारखाना स्थापना लगायतका विषयमा चासो राख्ने मात्र होइन नेपालमा थप लगानी गर्नेै प्रतिक्रिया दिँदै आएको थियो । उसले पोखरा अन्तर्राष्ट्रिय विमान स्थल र लुम्बिनी विमान स्थलको काम अगाडि बढाएसँगै सिचुवान हवाई कम्पनीहरुसँग सम्पर्क स्थापित गर्नेदेखि लिएर नेपालमा विद्युतीय सवारी साधनको कारखाना खोल्ने सम्मको चाहना राख्दै आएको महावाणिज्य दुतावासका अधिकारीहरुले बताउँदै आएका थिए ।
पोरखसँग भगनी सम्बन्ध रहेको चीनको सिचुवान प्रान्तको इपिन सहरले बर्षेनी आयोजना गर्ने अन्तर्राष्ट्रिय वाइन एस्पोमा भाग लिन उपस्थित भएका महावाणिज्य दुतावासका अधिकारीहरुसँग इपिन पार्टी समितिका उप सचिव लि आन वानपिनले नेपालको पछिल्लो पूर्वाधारका बारेमा गहिरो जानकारी लिनुले थप आशंकको वातावरण समेत देखिएको छ । उनले अधिकारीहरुसँग इपिन सहरका उद्योगी, व्यवसायीहरु नेपालमा लगानी गर्न जान इच्छुक रहेको बारम्बार दोहो¥याउनुले थप आशंका उब्जनु स्वभाविक हो । नेपालमा विमान स्थल सहितका केही चिनियाँ परियोजनाहरु अन्तिम चरणमा
रहेको अवस्थामा छ । चीनले पछिल्लो पटक नेपालमा विद्युतीय सवारी साधनको कारखाना खोल्न बारम्बार प्रयास गरिहेको छ । उसले नेपालस्थित रहेको चिनियाँ दुतावास, चीनस्थित नेपाली दुतावास, इपिन सहरस्थित महावाणिज्य दुतावास, सरकारका प्रतिनिधिहरुसँग विभिन्न सुत्रहरु प्रयोग गरेर त्यस्ता प्रयासहरु गर्दे आएको छ । पोखरा र लुम्बिनीमा बन्दै गरेको र बनिसकेको अन्तर्राष्ट्रिय विमान स्थलबाट उसले नेपालमा थप लगानीको प्रयास गरेको जानकारहरु बताउँछन् ।
हालै सम्पन्न अन्तर्राष्ट्रिय कोपा २६ सम्मेलनमा सहभागी भएको बेला सन् २०४५ सम्ममा नेपालले शून्य कार्वन उत्सर्जनको प्रतिबद्धता जनाएको थियो । त्यसबेला चीनले न्यू इनर्जी भेकलको प्रतिबद्धता जनाएको थियो हुन त चीनको सिचुवान प्रान्तको इपिन सहरले ५० प्रशितसम्म द्यिुतीय सवारी साधनमा लगानी गरेको छ । नेपालको प्रतिबद्धता र चीनको न्यू भेइकल अर्थात विद्युतीय सवारी साधनमा लगानी गर्ने चाहनालाई राजनैतिक विश्लेषकहरुले अर्थपूर्ण रुपमा लिएका छन् ।
चीनले नेपालमा पूर्वाधार क्षेत्रमा लगानी बढाउने इच्छा व्यक्त गरे पनि त्यसको भित्री रहस्य बेग्लै भएको राजनैतिक विश्लेषकहरुको तर्क छ । यसभन्दा अगाडि निर्माण सम्पन्न गरेको गौतबुद्ध अन्र्राष्ट्रिय विमान स्थलमा चीनले जबरजस्ती आफ्नो झण्डा गाडेको मात्र हैन उक्त विमान स्थलको स्वामित्व समेतको दाबी गरेको छ । उक्त झण्डा हँटाउन नेपाल सरकारले बारम्बार आग्रह गरे पनि हालसम्म उसले गौतमबुद्ध विमान स्थलबाट आफ्नो झण्डा हँटाएको छैन । चीनले जहाँ जहाँ लगानी गर्छ त्यसको स्वामित्व आफै लिन खोजेको देखिन्छ । उसले श्रीलंकाको होमान टोटा बन्दरगाह निर्माणमा लगानी ग¥यो र कब्जा गरेको छ । नेपालमै चमेलिया जलविद्युत आयोजना निर्माणमा तोकिएको समय सीमा भित्रमा सक्नुपनै भएपनि उसले करिब दोब्बर लागतमा दोब्बर समयमा मात्र सम्पन्न गरेको थियो । जसले गर्दा नेपालको अर्थतन्त्रमा धक्का लागेको थियो । हालैमात्र चीनले झापाको दमकस्थित चीन नेपाल फ्रेन्ससीप औद्योगिक पार्कको नाममा करिब ६३ अर्ब लगानी गदैछ । स्थानीयले प्रारम्भदेखिनै उक्त चिनियाँ लगानीको औद्योगिक पार्कको विरोध समेत गर्दै आएका छन् चीनले विभिन्न खासगरी कम विकसित मुलुकहरुमा लगानी गर्ने र विस्तारै त्यस्ता पूर्वाधारहरुमा कब्जा जमाउने गरेको देखिएको छ । जसको पछिल्लो उदाहरण पाकिस्तान, विभिन्न अफ्रिकी मुलुकहरुमा प्रत्यक्ष देख्न सकिन्छ । जसका कारण चिनियाँ लगानी नेपाल भिœयाउनु अगाडि सरकारले सोच्नु आवश्यक रहेको विज्ञहरुको तर्क रहेको छ ।

