धरान । धरान बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको विभिन्न वार्डहरुमा प्रयोग गरिने सामाग्री दाताले दिएको भरमा काम चलेको छ ।
प्रतिष्ठानभित्र रहेका मेडिसिन वार्ड, सर्जिकल वार्ड, हाडजोर्नी विभाग, चर्मरोग विभाग, इनटी विभान, आखा विभाग लगायतका वार्डहरुमा प्रयोग गरिने ह्विलचियर, सक्सेन मेसिन (खकार निकाल्ने मेसिन) लगायतका सामाग्री दाताले दिएकै भरमा जीर्ण अवस्थामा सञ्चालनमा रहेको पाइको हो ।
मेडिसिन वार्डमा गएर हेर्ने हो भने फोक्सोको समस्या भएर कफ निकाल्न प्रयोग गरिने सक्सेन मेसिन वाडभरि एउटा मात्र रहेको छ । त्यही पनि दाताले सौजन्य गरेको स्पष्ट रुपमा थाहा पाउने गरिएको छ । त्यहा प्रयोग गरिएको सक्सेन मेसिनमा धरान १५ का स्व. सुकमाया योगिन लिम्बुले प्रतिष्ठानलाई सौजन्यको रुपमा प्रदान गरिएको पाइन्छ । यो मेसिनको मूल्य ६० देखि ७० हजार सम्म पर्ने वार्डमा कार्यरत नर्स तथा चिकित्सकहरु बताउछन् ।

नाम उल्लेख नगर्ने शर्तमा मेडिसिन विभागमा कार्यरत एक नर्सले वार्डमा अत्यावश्यक सामाग्री उपलब्ध गराउन बारम्बार भन्दा समेत प्रतिष्ठान प्रशासनले वेवास्ता गरेको बताइन् । उनी भन्छिन्–‘यत्रो वार्डमा एउटा मात्र सक्सेनमेसिन छ, एकै पटक धेरै विरामीलाई प्रयोग गर्नुप¥यो भने हामी अल्मलमा पर्छौ ।
त्यतिमात्र हैन त्यहा प्रयोग गरिने ह्विल चियरसमेत दाताबाट सञ्चालन भएको पाइएको छ । वार्डमा यस्तो पनि पाइएको छ आमाबुबाको नाममा छोराले ह्विल चियर सहयोग स्वरुप प्रदान गरिएको पाइएको छ । वार्डमा भेटिएको एउटा ह्विल चियरमा ‘स्वर्गीय भवलराल सोनीको नाममा पत्नी÷छोरा÷बुहारी बसन्ती सोनी, श्याम सोनी, शितल सोनीद्वारा बीपीकेआइएचएसलाई प्रदान गरिएको छ ।’
अत्यावश्यक सामाग्री ह्विलचियर, सक्सेन मेसिन, स्टेचर जस्ता सामाग्री दाताले दिएको भरमा सञ्चालन हुदा समेत सम्बधित पक्ष यस्ता कुरा खरीदमा ध्यान दिन सकेको देखिदैन । प्रतिष्ठानमा भ्रष्टाचार, अनियमितता तथा पदाधिकारीहरुले
गरेको ब्रम्हलुटको विषयमा पटक पटक कुरा बाहिरआएपनि पनि यो यस्ता कुराभने खासै बाहिर आउन सकेको छैन । यस्ता अत्यावयक सामाग्रीको व्यवस्थापनमा प्रतिष्ठान प्रशासन किन गम्भीर देखिदैन सबैको चासोका विषय बनेको छ ।
