बुढासुब्बा मन्दिरमा भीड बढ्न थाल्यो

धरान÷ धरान १४ विजयपुरमा रहेको मन्दिरको चर्चा दिनप्रतिदिन चुलिदै गएको छ । चर्चा चुलिएकै कारण अहिले नेपालबाट मात्र हैन भारतबाट समेत बुढासुब्बा मन्दिरको दर्शन तथा पूजाआजाका लागि आउने तिर्थालुहरु बढ्दै गएका छन् ।
विजयपुरमा रहेका अन्य मन्दिरको भन्दा बेग्लै चर्चा कमाएको बुढासुब्बा मन्दिरको ऐतिहासिकताको महिमा सुनेरै दर्शन तथा पूजाआजा गर्न आउने गरेको पूजारी बताउँछन् ।
धरान १४ बुढासुब्बा नजिक पूजाका सामाग्री वितरण गदै आउनु भएका प्रेमप्रसाद पराजुलीले बुढासुब्बा मन्दिरको महिमा चुलिदै गएका कारण दिनप्रतिदिन भक्तजनहरु बढ्दै गएको बताउनुभयो । उहाले कोरोना महामारीका समयमा समेत फाट्टफुट्ट भक्तजन आए पनि मन्दिर बन्द भएका कारण बाहिर गेटमा नै पूजा गरेर फर्किने गरेको बताउनुभयो । केही समय अगाडि देशका विभिन्न जिल्लाबाट मात्र भक्तजन बुढासुब्बा मन्दिरमा पूजाआजाका लागि आउने गरे पनि कोरोना सहज भएपछि नेपालमात्र हैन भारतबाट समेत आउन गरेको बताउनुभयो ।


धरान उपमहानगरपालिका १४ नं. वडा समितिका वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले विजयपुरलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गरेर लाने योजना स्थानीय सरकारले गरेको बताउनुभयो । उहाले बुढासुब्बा मन्दिरमात्र हैन यहाँका चर्चामा रहेका मठमन्दिर र चर्चा हुन नसकेका मन्दिरको पनि प्रचार अभियानलाई अगाडि सारेको बताउनुभयो ।
बुढासुब्बा मन्दिरको ऐतिहासिता बुझेर सर्वसाधारणमा समेत विश्वास बढ्दै गएको पाइन्छ । बुढासुब्बा मन्दिरमा पूजआजा गर्दा मनोकांक्षा पूरा हुनेविश्वासले पूजाआजाका लागि आएको भक्तजनहरु बताउँछन् ।
पछिल्लो समयमा बुढासुब्बामा भक्तजनहरुको घुइचो बढ्दै गएको छ । पूर्वकै एकमात्र मन्दिर बुढासुब्बा मन्दिरको महिमा चुलिदै गएपछि भक्तजनहरु समेत बढ्दै गएका छन् । तीनै तहका सरकारले यसको प्रचारप्रसारसँगै भक्तनको सेवा सुविधामा ध्यान दिन सके भक्तजनहरुअझ बढ्न्ेमा दुई मत छैन ।

तपाईको प्रतिक्रिया