उधुमै मच्चायो
लाँग्रेसको चौथो महाधिवशनेले यसपटक सुनसरी क्षेत्र नंं. १ मा लाँग्रेसका कार्जेकर्ता को कति बलिया भन्ने प्रमानित समेत गर्न भ्याएको छ । अधिवेशनले कार्जेकर्तामा हानाहान गने शक्ति समेत प्रहार गरेको छ । यो त बडो खुशीको बात भयो । अब हेरम न अस्तिका दिन एकजना आयाराम गयाराम कार्जैेकर्ता सहित कोर्पोको एएटा छटकटी धरादेखि मस्थिर जाँड तन्काउन लहसिएछन् । जाँडर्पाी शुरु भयो, टेबलम अर्डर अनुसारका सुप, साप्रा भकाभक आए । मुख बटारेर जाँड घुट्क्याउदै साप्रा लुट्न र सुप सरक्याउन थालेसी सक्कली कोपका कार्जेकर्ता र वल्लो आगन र पल्लो आगनमा नृत्य गर्दै हिड्ने बीचमा महाभारतको डाइलग शुरु भएछ । त्यसपछि त के चाहियो र ? डाइलग साँच्चै नै महाभारतमा बदलिएछ । तेलग्गु फिल्मको जस्तो पहिलो खुट्टा चलेछ, त्यसपछि टेवल हुइँक्याएछ । वल्लो आँगन र पल्लो आँगन नाच्ने थचक्कै, टेवलको सुपले अर्कको छातीमा ड्याम्मै । जे होस् लाटा एक अर्कालाई सक्तो सराप गर्दै वाटो तताएछन् । अरुले भने भरपुर मनोरञ्चन लिएछन् ।
देशमा दुर्घटनाम पर्छ रे
देशलाई दुर्घटनामा पारेर मडि मारेर बसेका प्रचण्डाउलाई हिजोआज अल्जाइमर रोगले गाँजेछ कि क्या हो ? नेपालको राजनीतिबाट सिनित्तै हुन लाग्या पचण्डाउले अस्तिका दिन भन्या माउवादी कमजेर भए देश ठूलो दुर्घटनामा पर्छ रे । शिवहरिको डाइलग जस्तै प्रचण्डाउको मुखमा घण्टघरलाई नि हानुम हानुम जस्तो लाग्यो देश अब यहाँभन्दा कति दुर्घनामा पर्नु ? अब बाँकी के चै छ र ? जता हे¥यो दुर्घटना । अदालतमा दुर्घटना, सरकारमा दुर्घटना, संसदमा दुर्घटना, पदेशमा दुर्घटना, स्थानीय निकायमा दुर्घटना यी सबै माउवादी बलिाये हुँदा भएका दुर्घटना । अझै फुई लगाउँछन् गाँठे । निभ्न लागेको बत्ती धिपिक्क गर्छ भन्ने हो कि क्या हो ?

सिनोहरुलाई कतिञ्जेल बोक्ने
सिनो बोकेर हिड्दा सिनो बोकेर हिड्ने पनि सिनो जस्तै ठँसठँस्ती गन्हाउँछ । यतिबेला वाल्वाठटारे मुखिया वा पनि पाँच पाँचवटा जन्तुको सिनो बोकेर हिडेरै होला दंगंग्ती गन्हाउन थाल्या छन् । एकथरिले उन्को गन्हाईलाई क्या मीठो वास्ना भनेर प्रशंसा गर्नेे गरेका छन् । जसले साह«ै गन्हायो भन्य छन् तिन्को सातो खाने काम भएको छ थपक्क निर्वाचनको घोषणा गरेर चुनाउमा जान छडढेर माउवादी, जसपा, एस, जनमोर्चा जस्ता सिनो बूढा किन बोकेर हिड्या होला ? सिोहरु त खुशी छन् । वाल्वाटारे मुखियाले फालेका दिन ती सिनाको कामै छैन । मुखियासँग जबरजस्ती लोसिएर बस्नुमै तिनले आफनो अस्तित्व जोगाएका छन् । लौन मुखिया वा सिनो पन्छाएर निर्वाचनमा जाम ।
सुनसरीमा आएर ढ्यांग्रो बजाइन
माकुन्याउको मलद्वारलार्य नि हरिद्वार देखेर पछि लागेकी रामकुमार वन झाक्रीले अस्तिका दिन इनरुवमा आएर ढ्यांग्रो ठोकेर जोखना हेरिछन् । जोखना हेर्न खप्पिस वन झाक्रीले भन्या अब एमालेको हालत सद्भावना पार्टी जस्तै हुन्छ रे । लौ परमेश्वरी । आफ्नै हालत के हुन्छ भन्ने ठेगान नभएकी वनझाक्रीलाई देउताचाहिँ खरै उत्रता रै’छन् । अहिले दुई चार दिनको मन्त्री भएर भुइँमा न भाँडामा भएकी वनझाक्रीले ज्यादा ढ्यांग्रो नठटाएकै वेश । वाल्वाटारे मुखिया बाले काँधमा बोकुन्ज्याल तिन्ले ढ्यांग्रो ठटाउाने त होला काँधबाट र्झौको दिन विचरी उहीँ बाख्रा गोठाले त होला ।
मच्चियो मच्चियो थच्चियो
हैन हौ जारी नै खोज्नु पर्दा अफ भन्दा निर्धासँग पो खोज्नुपर्छ त बलियासँग जोरी खोजेर पार लाग्छ र ? कहिले माकुनेको पिँधबाट बास्ना आयो भनेर पछि पछि लाग्ने अनि फेरि गन्हायो भनेर चटक्कै छाडने । गन्ध र वास्नाको समेत भेउ नपाउने भीम रावल अन्तत ः चितवनको नारायाण किनारमा मच्चिदा मच्चिदै थच्चिएका छन् । खप्रओसँग जोरी खोजेर पनि हुन्त माकुनेको आधी अंश भएका रावलले । अध्क्येक्षेमा उठ्छु भनेर तिन्नले सानो mुई लगाएका होइनन् । विचाराले अन्तेमा पर्चासर्चा छर्ने कार्जेकर्ता नि पाएनछन् । भाडामा दुई चार जना तयार पारेका थिए तिन्लाई नि ओली बा का चण्डमुन्डले गर्धनमा अँठ्याएर चितवन कटाइ दिएछन् । अब रावलकाजी अछामतिर गएर डोको बोके भयो ।
मानव सांग्लो बनाउने रे
पिण्ड चाट्ने बेला भा’का लोकतान्त्रिक समाजवादी पार्टीका अध्येक्षे महन्त ठाकु ले पंचधातुको सरकारलाई धम्क्याउन थालेको देखेर घण्टाघरलाई ताजबु लाग्या छ । हुन त ओरालो लाग्या मृतलाई बाच्चाले पनि लखेट्छ भन्ने हो रै’छ । केही काम नगर्ने पंचधातुको सरकारले आफ्नो नाम नगरेमा २० लाख मान्छेको मानव सांग्लो बनाउनेरे ठाकुरले । फालमको सांग्लोले त केही लछारपाटो लगाउँदैन जाबो मानव सांग्लो । फेरि तिन्ले २० लाख मान्छे कहाँबाट लेराउँदा हुन् ? बोल्दा नि अलि भाँची पु¥याएर बोल्नु पर्दैन ? मजाक करता है ठाकर जी ।
गजबको सपना देखेछन्
खप्रओलाई बा’ मानेका माने खप्रओका छोरा भक्तपुरे गठ्ठे महेश बस्नेतले पेट बाउडिन्ज्याल हँसाएका छन् । आगामी निर्वाचनमा एमालेले दुई तिहाई ल्याउँछ काँग्रेस हाफ र माकुने पचण्डाउ पत्ता साफ हुन्छ रे । बोल्न पाए भन्दैमा प्याच्च नबोल्नु र बस्न पाए भन्दैमा थ्याच्च नबस्नु भन्ने उखान ती गठ्ठे बस्नेतलाई कस्ले बुझाइ दिने ? धेरै उम्लिदा पोखिन्छ भन्ने कुरा विचारलाई हेक्कै रै’नछ ।
अन्तेमा
नमच्निे पिङको सय झट्का त्यसै भन्या होइन । अब हेरम न अस्तिका दिन माकुन्याउले भन्या आउने चुनाउमा खपओलाई धुलो चटाइदिने रे । आफू हिलोमा जाक्किएको चाहिँ माकुनेलाई पत्तै रै’नछ । हिलोको दलदलमा भास्सिएसीके गति हुन्छ ? विचाराले अहिले बुझेकै छैनन् । चुनाव आआसेस न अनि पत्तो पाउँछौं । दुई दिने वैसाखी ेटक्ने सरकारमा बसेर झिलिमिली देख्या होला माकुनेले । चुनाव पछि तिन्ले तोरीको फूल देख्छन् । सत्तामो आडमा अहिले उडान भरिरा’छन् । जसको बढी आलोचना गरिन्छ ऊ त्यष्सबाट बढी चर्सिएको हुन्छ । यतिबेला माकुने ओलीको छायाबाट तर्सन्छन् ।
