धरान÷दुई साता अगाडि धनकुटामा पहिलो पटक जल रंगको दुई दिने अन द स्पोर्ट कार्यशाला भएको थियो । जल रंगका माध्यमबाट आन्तरिक र बाह्य पर्यटक जोड्ने हेतुले भएको जलरंग कार्यशाला पश्चात अब अन्तर्राष्ट्रिय जलरंग भर्चुअल प्रदर्शनी समेत हुने भएको छ ।
जलरंग आफैमा उत्कृष्ट कला हो । जलरंगमा समर्पित कलाकारहरुलाई अन्तर्राष्ट्रिय जलरंग पदर्शनीले थप उत्साहित बनाउने आर्टस इन्टर नेशनल र एनवि गुरुङ आर्टस् स्टुडियोको दाबी छ । यी दुवै स्टुडियोको सहकार्यमा यही मंसिर २४ गते देखि पौष १० गतेसम्म अन्तर्राष्ट्रिय जलरंग भर्चुअल प्रदर्शनीको तयारी थालिएको छ ।

नेपाल अन्तर्राष्ट्रिय जलरंग समाजका अध्यक्ष एनवि गुरुङले प्रदर्शनीमा सहभागी हुन गत हप्ता आवहान गरिसक्नु भएको छ । हामीसँगको सम्पर्कमा समाजका अध्यक्ष गुरुङले भन्नुभयो भर्चुल
जलरंग चित्रकला प्रदर्शनीमा बाह्य देशका मात्र नभएर नेपालका सातै प्रदेशबाट समेत कलाकारहरु सहभागी हुने छन् । उहाँका अनुसार ५१ वटादेशबाट भर्चुअल जलरंग चित्रकला प्रदर्शनीमा सहभागी हुने निश्चित भइसकेको छ । ती ५१ वटा देशबाट ३०२ वटा उत्कृष्ट जलरंग कलाकृतिहरु प्रदर्शनीका लागि छनौट भइसकेको र ती सबै प्रतिष्पर्धात्मक हुनेछन् । छनौटकै क्रममा १३ वटा देशका
कलाकारहरु छनौट भइसकेको पनि अध्यक्ष गुरुङले जानकारी दिनुभयो । छनौट भएका जलरंग कलाकृतिलाई एक लाख ५० हजार सम्मको
पुरस्कार राशी राखिएको छ । उनले भने हाल पनि विश्वसमा कोरोना भाइरसको प्रकोप पूर्ण रुपमा समाप्त भइनसकेका कारण भर्चुअल मध्यमबाटै प्रदर्शनी गर्न लागको हौं ।
