इनरुवा÷नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत संघीय तथा प्रदेश अन्तर्गत प्रतिनिधि चयन भइरहेको अवस्थामा प्रधानमन्त्री एवम् नेपाली काँगेसका सभापति शेरबहादुर देउवा आइबार सुनसरीको देवानगञ्ज गाउँपालिका भवनको उद्घाटन गरेर फर्किएका छन् ।
देवानगञ्ज गाउँपालिका वडा नं. १ मा नव निर्मित भवनको उद्घाटन गर्दै सभापति देउवाले प्रतिनिधि चयनमा सम्भव भएसम्म सर्वसम्मत गर्न निर्देशन दिएका थिए । पार्टीको आन्तरिक निर्वाचनमा प्रतिपर्धी बीचमा हारजित सामान्य भएको भन्दै सर्वसम्मत प्रतिनिधि चयनले केन्द्रीय प्रतिनिधि छनौटमा सहज हुने बताए ।

सभापति देउवाले देवानगञ्ज गाउँपालिकाको भवन उद्घाटनसँर्गै सोही स्थानमा निर्मित बीपीको शालिक समेत अनावरण गरेका थिए । प्रधानमन्त्री देउवा भवन तथा बीपीको शालिक निर्माण गर्न आउने भएपछि गाउँपालिकाले आइतबार सार्वजनिक विदा दिएको थियो । जसका कारण उक्त दिन देवानगञ्जका सरकारी स्कूल, सरकारी कार्यालय बन्द भएका थिए । सो अवसरमा प्रधानमन्त्री देउवालाई स्थानीयहरुले सुनसरीको दक्षिणी भेकमा विकास नभएकोले बजेट विनियोजिनमा लाखा पाखा गरेको गुनासो समेत गरेका थिए ।
