मोटरसाईकलको ठक्करबाट बालिकाको मृत्यु

धरान÷सुनसरीको कोशी गाउँपालिका–२ लौकहीमा मोटरसाईकलले ठक्कर दिंदा २ बर्षीया बालिकाको मृत्यु भएको छ ।
सोमबार बिहान पौने १२ बजेको समयमा लौकही भित्री सडक खण्डमा उत्तर बाट दक्षीण तर्फ आउदै गरेको को २ ह ६१६३ नम्बरको अटोले सोही दिशा तर्फ जादै गरेको को ४ प ३४५२ नम्बरको मोटरसाईकललाई पछाडीबाट ठक्कर दिँदा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना भएको थियो । अनियन्त्रित भएको मोटरसाईकलले सडक नजिकै बसिरहेकी जहदा गाउँपालिका–७ की १६ बर्षीया बर्षा साह र उनीसंगै रहेकी २ बर्षीया बालिका दिक्षा साहलाई ठक्कर दिँदा दुवै जना घाईते भएका थिए । घाईते दुबै जनालाई उपचारको लागी जिल्ला अस्पताल ईनरुवा लगिएका थियो । उपचारको क्रममा दुई बर्षीया बालिका दिक्षा साहको मृत्यु भएको हो । घाईत बर्षालाई भने थप उपचारको लागी विराटनगर पठाईएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया