घण्टाघरबाट हेर्दा

काजीले बचन देर आछन् रे
अम्रिकाका राष्ट्रपति वाइडेनलाई हाम्रा पर्धानमन्तरी वाल्वाटारे काजीले एमसिसी पास गराइदिन्छु भनेर बचन देर आ’छन् रे । देशैभरि एमसिसीको विरोध भा’ को काजीले अम्रिकाका
राष्ट्रपतिलाई भेटेसी’भुसुक्कै बिर्सिएछन् । हुन त देशमै हुँदा नि काजीको विर्सने बानी छ झन सात समुन्द्रपारि पुगेर वाइडेनलाई भेटेसी काजीलाई सम्झना आउने कुरा पनि भएन । एमसिसी पास गरम्ला, भागबण्डा गरम्ला भनेर विचराले पहिल्यैदेखि सपना देख्दै आ’थे । अहिले त झन वचनै दिएर आएछन् । अबचाहिँ एमसिसी पास नहुने कुरै भएन ? देशमा केही कुछ हुन्छ कि ? एनजिओ, आइएनजिओको माल पानी खाएर नो एमसिसी भन्दै सडकमा उफ्रनेहरु अब के गर्लान् ? जे होस देशमा गाइजात्रा शुरु होला होला जस्तो छ ।


बउरामले नि दलेछन्
ताइ न तुइका नेता बाउराम कामीले नि निधारमा ल्याप्पै टीका दलेछन् । तिन्ले टीका भन्दा अलिकति कुरी कुरी त लाग्नु पर्ने हो । हुन त बाउराम मार्का नेता र यौनकर्मी महिलामा खासै फरक छैन । दुवै जता मल्खु उतै ढल्कु स्वभावका हुन्छन् । माने जसले पैसा दियो त्यसैको भजन गायो त्यसैसँग पसारा परिदियो । हिन्दु धर्मलाई तथानाम गाली गरेर हिँड्ने, हिन्दु भन्या गाईको दूध खोलामा बगाएर मुत खाने जात हो भन्ने बाउरामले तिहारमा टीकाचाहिँ किन लगाए ? हुन ुत बाउराम मान्छेको भाँडो भए पो ? बहुरुपीहरुले जेसुकै पनि भन्छन्, जे सुकै पनि गर्छन भन्थे हो रै’छ । फेरि टीका लगाउँदा नि बसाइको स्टाइल त त्यही कुत्तिको जस्तो नै देखियो । मान्छे जुन स्वभावको हुन्छ त्यसै गर्छ भन्ने हो रै’छ । कहिले म कामी हुँ भन्दै मादल बजाएर हिँड्छन, कहिले धर्म, आस्थामाथि प्रहार गर्छन् । हुँदा हुँदा कतिसम्म पत्रु भएछन् भने मान्छेले पत्याउन छाडेपछि म बहुलाउन आँटे भनेर फलाक्दै हिड्न थाल्या छन् ।
लुच्चा पार्टी रे
देउतीकट लागेर सत्तापक्षीय बन्न पुगेको उपिन्दर जादवले अस्तिका दिन भन्या कँग्रेसजस्तो लुच्चा पार्टी त अरु हुनै सक्दैन रे । जसको जौ खानु त्यसैको जुँगा उखेल्नु भन्या यही हो । काँग्रेसको लगौटी अँठ्याएर सिंहदरबार छिरेको जादवले भुसुक्कै बिर्सिएछन् । तिन्लाई आफ्नै कार्यकर्ताले सप्तरी, सिराहा, बारा, पर्साबाट पिँधमा पुल्ठो झोसेर लखेटेको कति चाँडो बिर्सेका होलान् ? धन्न काँग्रेसले छहारी दिएको छ । पार्र्टी फुटाउन रातारात अध्यादेश ल्याइदिने, मन्तरीको भाग दियो । अझै लुच्चा रे । थुतुनोमा जे आयो त्यही त बोल्नु भएन नि गाँठे । त्यही थुतुनोले पान खुवाउँछ त्यही थुतुनोले जुत्ता हनाउँछ भन्ने कुरा जादवलाई पत्तै रहेछ छ । हुन त आफ्नै पार्टी टुक्र्याएर सिंह दरबार छिरेकाको इमान, जमान र धर्म केही हुँदैन भन्थे हो रै’छ ।
विजयी जुलुसको तयारीमा
पाँच दलीय गठबन्धनले सत्ताबाट सडकतिर हुत्याइएका नेक्पा झालेमालेका अध्येक्षे माने खप्रओले अस्तिका दिन आफ्ना कार्जेकर्ताहरुलाई गज्जबको निर्देशन देछन् । तिनको निर्देशन सुनेसी, अन्य दलका नेताहरु Ïलाँट नै परेछन् कुरा के भने खप्रओले आफ्ना कार्जेकर्ताहरु लाई आगमी निर्वाचनमा एमालेले वहुमत मात्र ल्याउने होइन दुई तिहाइ वहुमत ल्याउँछ । त्यसैले विजय जुलुसको तयारीमा जुट्नुस भनेछन् । नानी पाउनु कहिले कहिले कोक्रो बुन्नु पहिले भनेझै चुनाव हुने टुंगो छैन अहिल्यै खप्रओले दुई तिहाई वहुमत ल्याउने घोषना गरेछन् । हैन हौ खप्रओ ज्योतिषी पनि हुन् कि क्या हो ? दुई तिहाई मत ल्याउँछ भनेर तिन्लाई कसरी थाहा भयो ? हुन त खप्रओका बाबु यसो चिना टिपन गर्छन रे । पक्कै खप्रओलाई छोरो रिसाउला भनेर झालेमालेले दुई तिहाइ ल्याउँछ भनेर भन्देका होलान् ।
बाउदेउको एसमा इन्ट्री
पिँध बिनाको लोटा भनेर चिनिएका बाउदेउ गौतम अन्तत ः माकुनेले भर्खरै जन्माएको एसतिर छिरेछन् । नछिरेर पनि के गरुन ? एमालेमै बसम भने खप्रओले बाल मतलब नदिने । बाउदेउले एसमा इन्ट्री गर्दा वडो बेजोडले खोकेछन् । पाँच हजार कार्यकर्तासहित एसमा छिरेको विज्ञापन गराए, हल्ला पिटाए । तर विचरा एक्लै लुसुक्क छिरेछन् । तिन्का पाँच हजार कार्जेकर्ता भा’भे बर्दियाबाट गएको चुनावमा लगौटी खुस्कने थिएन । लगौटी खुस्केर सर्वाङ्ग ह्वाङ्गै भा’का बाउदेउसँग पाँचहजार कार्यकर्ता कहाँबाट आउँछन् ? यसो भाडाका बटुलवाटुल गर्दा नि गोडा पाँचेक सय पुगे होलान् । आखिरी जुनसुकै पार्टीमा भएपनि नेताहरुले गफै दिने त हुन् । बाउदेउले नि गफ हान्दिए कुरो बराबर । बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बीँड । कि कसो हौ ?
अवैध गर्वाधानबाट जन्मेको ?
गोडातीनेक महिना अघिसम्म माकुन्याउको मलद्वारलाई नि हरिद्वार भन्दै पुज्दै हिँड्या योगेसाउले अस्तिका दिन त्यस्तो किन बोल्या होला ? माकुन्याउले जम्माएको एस पार्टी अवैध गर्भाधानबाट जन्मेको हो रे ताप्लेजुङ्गे योगेसाउले भन्या । अवैध गर्भाधानमा योगासाउको नि राम्रै लसपस थियो । अहिले जन्मेसी माकुनेलाई मात्र जिम्मा लगाएर अरु सबै टाप कसेका छन् । अवैध गर्भाधानबाट जन्मेको एस लुले, लंगडो, दौडन नसक्ने, घस्रने, टोलाइ रहने, अनुहार न दनुहारको जन्मेपछि माकुनेको जिम्मा लगाएका रै’छन् । माकुनेले त्यस्तो सन्तान पनि नपाइएला कि भनेर अहिले बोकी बोकी हिँड्या छन् । न फाल्नु न राख्नुको अवस्थामा माकुन्याउ पुग्या छन् । एस नामको अवैध सन्तालनाई सँगसँगै डोहो¥याइ दिन विचरा अहिले गठबन्धनसँग हारगुहार गरिरा’छन् । गठबन्धनले पनि साह«ै डोहो¥याउलान् जस्तो छैन, विचरा माकुनेलाई साह«ै घाडो भा’छ एस ।
माउवादी खोज्दैछन् रे
माउवादीका आजीवन अध्येक्षे प्रचण्डाउ हिजोआज जथाभावि बर्बराउन थाल्या छन् । कहिले म आत्महत्या गर्छु भन्छन्, कहिले देशलाई कुरुक्षेत्र बनाउँछु भन्छन्, कहिले कही चुनाव जित्न नसक्ने देखेपछि गठबन्धन चुनावसम्म जानुपर्छ भन्छन्, कहिले फेरि जनयुद्धमा जान्छु भन्छन् । हुँदा हुँदा अस्तिका दिन मान न शान मै तेरा मेहमान भनेझै हिमाल, पहाड, तराईका जनताले देश विकास गर्न माओवादी खोज्दैछन् भनेर भाषण ठोकेछन् । विचराले मनको लड्डु घ्यूसँग खानै प¥यो । हिमाल, पहाड र तराईका जनताले माओवादी बढार्ने कुरा ग¥या तिन्लाई पत्तै भएन छ कि क्या हो ? १२ बर्षमा खोलो पनि फर्कन्छ त्यसै भन्या होइन । १५ बर्ष अगाडि माउवादीले हिमाल, पहाड र तराईका जनता सिध्याएका थिए अब जन्ताले तिन्लाई सिध्याउने भा’छन् । खै कुरा बुझ्या ?
अन्तेमा
गनगने थापालाई भक्तपुरका जनताले बिना व्याट्रीको रेडियो नाम राखिदिएछन् । गनगने थपा पनि हिजो आज अरु जस्तै अन्टेसन्टे बक्न थालेपछि भक्तपुरका जनताले त्यस्तो नाम राखेका रे । अस्तिका दिन भक्तपुर पुगेर गनगने थापाले एमालेलाई भक्तपुरबाट बाढार्ने, भ्याकुम लगाउने भनेछन् । तिन्ले बढार्दा बढारिने, भ्याकुम लगाउँदा लाग्ने भए कुरा अर्केै हुन्थ्यो । आफै बढारिदै गएको गनगनेलाई थाहै छैन । माकुने, प्रचडाउले झै बोल्नु भन्दा आफूहरुले कसरी जन्ताको मन जित्न भनेर बोल्दा बेस हुन्थ्यो कि ? जथाावि बोल्दा आफैलाई हानी गर्छन भन्ने करा गनगने थापालाई कस्ले सम्झाइ दिने ?

तपाईको प्रतिक्रिया