धरानमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३ औं जन्मजयन्ति मनाइयो

धरान÷लक्ष्मी वाचानालय धरानको आयोजनामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३ औं जन्मजयन्ति मनाइएको छ ।
वि.सं. २०१६ सालमा गठन भएको लक्ष्मी वाचनालयले हरेक बर्ष लक्ष्मी पूजाका दिन महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तिका अवसरमा विविध कार्यक्रमको आयोजना गरी मनाउदै आएको छ ।


मोति संस्मरण समितिका अध्यक्ष एवम् साहित्य अनुरागी गोविन्द तिम्सिनाको प्रमुख आतिथ्यमा सम्पन्न देवकोटाको ११३ औं जन्म जयन्तिको अवसरमा महेन्द्र वहुमुखी क्याम्पस धरानका सह–प्राध्यापकद्वय हरिप्रसाद दाहाल र सागरमणि सुवेदीले देवकोटाका विविधि आयामका पक्षमा परिचर्चा गर्नुभएको थियो । उहाँहरुले महाकवि लक्ष्मीप्रसाद देवकोटाले कविता, आख्यान, नाटक, निबन्ध गरी चारैवटा विद्यामा कलम चलाएको र मुनामदन, सुलोचना, सकुन्तला जस्ता अद्वितीय कृतिहरु नेपाली साहित्यलाई सुम्पिएको धारणा राख्नु भएको थियो ।
लक्ष्मी वाचनालायका अध्यक्ष पुष्प ढकालको अध्यक्षतामा सम्पन्न ११३ औं देवकोटा जन्म जयन्तिका अवसरमा बम देवान, सन्तोष थेवे, हिक्मत खड्का, परिक्रमा गोविन्द श्रेष्ठ, गोविन्द तिम्सिना, संगीता सुब्बा, तीर्थ निरौला, केशव वाग्ले, सुदिप पाख्रिन, कमल पोख्रेल, प्रफुल्ल भण्डारी, लक्ष्मीकृष्ण श्रेष्ठले कविता वाचन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालक राजीव आचार्यले गर्नुभएको थियो भने स्वागत मन्तव्य लक्ष्मी वाचनालयका सचिव उज्वल वास्तोलाले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया