वहुचर्चित नेपाल चीन फ्रेन्डसीप औद्योगिक पार्कको काम यसै बर्षदेखि शुरु हुँदै

झापा (दमक)÷झापा जिल्लाको दमकमा ६३ अर्बको चिनिया लगानीमा निर्माण हुने चीन–नेपाल मैत्री औद्योगिक पार्क (Chaina-Nepal Friensship Industrail Park ) को निर्माण कार्य यसै बर्षदेखि शुरु हुने भएको छ ।
नेपालको उत्तरी छिमेकी चीनको अत्यन्तै महत्वकांक्षी आयोजना (One belt one road Inisiative ) विआरआई अन्तर्गत झापाको दमक नगरपालिका वडा नं. १०, कमल गाउँपालिका वडा नं. ६ र गौरादह नगरपालिका वड नं. ८ मा बन्न लागेको औद्योगिक पार्कको यस भन्दा अगाडि नै एमओयु, डिपिआर, शिलान्यास भइसकेको छ भने हालैमात्र स्वाइल टेष्टको काम समेत सम्पन्न भइसकेको छ ।


नेपाल सरकारले औद्योगिक पार्क सम्म पुग्ने तीन सय मिटर लम्बाई र १०.५ मिटर चौडाइको दमक र गौरादह नगरपालिका जोडने पुलको निर्माण कार्य समेत सम्पन्न गरिसकेको छ । कूल ३३ करोडको लागतमा निर्माण भएको उक्त पुलसँगै दमक नगरपालिकाबाट १० किमी दूरीमा रहेको औद्योगिक पार्क सम्मको सडक विस्तार, कालोपत्रेको काम समेत सम्पन्न भइसकेको छ । दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले भन्नुभयो सम्झौता अनुसार नेपाल सरकारले आफ्नो तर्फबाट गर्नुपर्नेै सम्पूर्ण कार्य पूरा गरिसकेको छ । उहाँले भन्नुभयो सडक विस्तार, कालोपत्रे, कल्भर्ट, कजवेको काम सम्पन्न भइसकेको छ । उहाँले भन्नुभयो औद्योगिक पार्कका लागि प्रस्तावित २१ सय विगाहा जग्गा मध्ये १६ सय विगाह जग्गा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा आइसकेको छ । बाँकी जग्गा अधिग्रहण प्रक्रियामा रहेको छ । चाँडै नै प्रस्ताव गरे बमोजिमको जग्गा औद्योगिक क्षेत्रका नाममा आउने पनि उहाँले प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो हालसम्म सबै जग्गा अँौधोगिक क्षेत्रको नाममा आइसक्ने थियो तर केही व्यक्तिले मुआब्जाको विवाद झिकेर अल्झाउने काम गरे । औद्योगिक क्षेत्रको काम कहिलेदेखि शुरु हुन्छ त भन्ने सवालमा नगर प्रमुख ओलीले भन्नुभयो यसै बर्षको हिउँददेखि शुरु हुन्छ । यसका लागि बेला बेलामा चिनियाँ प्राविधिक टोलीहरु प्रस्तावित औद्योगिक पार्कको जग्गाको सर्भे, डिजाइन गर्न आइरहनु भएको छ । उहाँले भन्नुभयो हालसम्म अधिग्रहण गरिएका जग्गाको मुआब्जा नेपाल सरकारले वितरण गर्दैै आएको छ ।
नेपालका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुनमा औद्योगिक पार्कको उद्घाटन गर्नुभएको थियो । त्यसपछिका दिनहरुमा चिनियाँ प्राविधिक टोलीहरु बारम्बार दमक आउजाउ गर्न थालेका थिए । तर आषाढमा केपी शर्मा ओली प्रधानमन्त्रीबाट हँटेपछि चाइनिज प्राविधिक टोलीको आगमनमा केही शिथिलता आएपनि भाद्रदेखि उनीहरु आउने क्रम बढेको छ ।
२०७८ सालको पौषमा चीनको ल्हासास्थित आर्थिक तथा प्राविधिक विकास क्षेत्रका अधिकारीहरुको एउटा समूहले औद्योगिक पार्क निर्माण स्थलको तीन दिनसम्म बसेर स्थलगत अनुगमन गरेको थियो । उनीहरुले औद्योगिक क्षेत्रको चार वटा ब्लकको अध्ययन गरेर फर्केको र बीच बीचमा उनीहरुको आउने जाने क्रम चलिरहेको औद्योगिक क्षेत्र निर्माण व्यवस्थापन समितिका अध्यक्ष गोविन्द थापाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया