धरान÷कोरानाले हरेक क्षेत्र प्रभावित बनाएको छ । कोरोनाले अर्थतन्त्रसंग समबन्धित हरेक कुरा प्रभावितमात्र बनाएको छैन, विश्वकै आर्थिक अवस्था डावाडोल बनायो ।
यसैगरी नेपालको पर्यटकीय सम्भावना बोकेका र पर्यटनबाटै आर्थिकोपार्जन गर्नेको अवस्था त दयनीय बनेको छ । करोडौ रुपैया लगानी गरेका पर्यटन व्यवसायी आर्थिक अवस्था डावाडोल भएकै कारण उठ्न नसक्ने गरी थला परेका छन् । राज्यको सहयोग विना सञ्चालित यस्ता पर्यटन व्यवसायी बल्लतल्ल तंग्रिएर फेरि व्यवसाय सञ्चालन शुरु गरेका छन् ।
कोरोना महामारीको कारण बन्द रहेको धरान उपमहानगरपालिका वडा नं २० स्थित सेक्ष एडभेञ्चर पार्क पुनः सञ्चालनमा आएको छ ।
यहाँ अहिले दशैंको अवसरमा छुट अफरमा साहसिक खेल पर्यटन अन्तर्गत स्काई साइक्लिङ, जिप लाइन र ह्याङगिङ ब्रिजको मजा लिन सकिनेछ । कुल १ हजार ८ सय ५० रुपैयाको यी तीन इभेन्ट अहिले दशैंको अवसरमा १ हजार मात्र शुल्क लिइरहेको सञ्चालक वासुदेव वरालले जानकारी दिनुभयो । यो पार्क कोरोनाको दोस्रो लहर शुरु हुनुअघि नै पनि सञ्चालनमा आएको थियो । दोस्रो लहर शुरु भएपछि पुनः बन्द भएको थियो ।

यो पार्क करोडौं लगानीमा पर्यटनकर्मी वराल र एलिना मगरले सञ्चालनमा ल्याउनुभएको हो । पहिलो चरणमा सवा ४ करोड लगानी भइसकेको छ । जग्गामा धेरै लगानी भएको र ३ वटा टावरको संरचना, रेष्टुरेष्ट, स्टाफ क्वार्टर लगायत संरचना बनेको छ । ग्लास ब्रिजमा थप १ करोड लगानी अझै हुनेछ भने स्विङ पनि निर्माण हुने उहाले बताउनुभयो । साहसिक खेलको मजा लिन आउने आन्तरिक तथा वाह्य पर्यटकलाई लक्षित गरी ६ वटा कोठा भएको लज पनि निर्माण हुने उहाले जानकारी दिनुभयो । धरान २० लाई पर्यटकीय गन्तव्य स्थलको रुपमा
परिचित गराउने उद्देश्य बोक्नु भएका बराल र मगरले वाटर फाउन्टेन, बुद्धको मुर्ति र छोर्तेन पनि निर्माण गर्न भएका छन् । सरकारी सहयोग नभए पनि सम्भावना देखेर साहसिक खेलको प्रवद्र्धन गर्दै बढी भन्दा बढी आन्तरिक पर्यटन भित्र्याउन लक्ष्य लिएको पर्यटनकर्मी बराल बताउनुहुन्छ ।
लामो समयको कारोनाले आन्तरिक तथा वाह्य पर्यटक नआउदा लगानी डुब्ने अवस्थामा हुँदा समेत यी दुई सञ्चालकले कहिल्यै हतास मनस्थिति बनाएनन् । सञ्चालक मध्ये एक एलिना मगरले ओझेलमा परेको यो धरान १० कालीमाटीको पर्यटन प्रवद्र्धन गर्नकै लागि पार्कका लागि यो स्थानलाई रोजेको बताउनुभयो ।
कोरोना महामारीका समयमा समेत निजी क्षेत्रबाट लगानी गर्ने यस्ता पर्यटन व्यवसायीलाई राज्यले सहयोग गरेको पाइदैन । कठिन अवस्थामा पनि यस्ता ठाउको विकास र विश्वमा चिनाउने लक्ष्य लिएर अगाडि बढेका यस्ता पर्यटन व्यवसायीलाई तीनै तहको सरकारको सहयोगको खाँचो छ ।
