पहिरोले घर पुरिदा धरानमा दुई बच्चाको मृत्यु

धरान÷लागातको बर्षाले पहिरो खसेर घर पुरिदा धरानमा दुई बच्चाको मृत्यु भएको छ ।मृत्यु हुनेमा सुनसरी धरान उपमहानगरपालिका १३ नागेश्वर मार्ग बस्ने निसान राईको छोरी ८ बर्षीया निसु राई र छोरा ४ बर्षीय निहान राई रहेका छन् । मंगलबार दिउसो पौने २ बजे घरमाथीबाट पहिरो झरेर राईको एक तले टिनको छाना भएको घर पुरिदो घरभित्र रहेका दुई जना बच्चा समेत पुरिएका थिए ।

घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय धरानबाट उद्धारको लागी प्रहरी टोली खटिएको थियो । उद्धारमा खटिएको प्रहरी टोलीले दिउसो साढे ३ बजे दुईजना बच्चालाई मृत अबस्थामा फेला पारेका धरान प्रहरीले जनाएको छ । मृतको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

तपाईको प्रतिक्रिया