आत्म हत्या गरुम गरुम लाग्यो
रगतले ढिलोचाँडो पोल्छ भन्थे हाम्रा बाउबाजेहरु हो कि क्या हो ? एकताको बडो साँढ पल्टिएका प्रचण्डाउ हिजोआज आत्महत्या गर्ने सोचमा पुगेछन् । अस्तिका दिन तिन्ले भन्या मलाई आत्महत्या गरुम गरुम लाग्न थाल्यो । बोल्दाबोल्दै घरीघरी गोहीका आँशु पनि तिरक्क झार्थे । तिन्लाई आत्महत्या त्यसै गर्न लाग्या होइन १७ हजारको हत्या, तिनका लालाबालाका उठीबास, अंगभंग बनाइएका श्रीसम्पति लुटिएकाहरुको श्रापले तिन्लाई यतिबेला भित्रभित्रै जलन भएको होला, भत्भत्ती पोलेको होला । त्यसमाथि आफ्नै पार्टीका मान्छेहरुले मुर्दालाई जुम्राले छोडेझै एक एक गरी छोड्दै गएपछि विचरालाई आत्महत्या गरुम गरुम लाग्नु स्वभाविक हो । हुन त भुक्ने कुत्तिले टोक्दैन भन्छन् । तिनले पनि उही भुकेका मात्र त होलान् । आजसम्म कसैले आत्महत्या गर्दा प्रचारप्रसार गरेको छ छैन, कि कसो हौ प्रचण्डाउ ? शुभ कार्य त ब्लाङ्गबुलुङ्ग गर्दैकै जाति है ।
निभ्ने बेलाको बत्ती
नेपालका एकजना सडिएल, सबैका नजरबाट दंगदगी गन्हाएका किनारा लागेका स्वघोषित विद्वानले भन्या गोदावारी भएको खप्रओको कुम्भ भेला निभ्ने बेलाको बत्ती जस्तै हो रे । ती गन्धे विद्वान अर्काको खिसीटेउरी खुब गर्न जान्दछन् । कहिले लाँग्रेसको पुच्छर अँठ्याएर वैतरणी तर्छन्, कधहिले उपिन्दर जादवको धोती समाएर पछि पछि दौडन्छन्, कहिले माउवादी अध्येक्षको जोर लात्ती खाएर भुइँमा पछारिन पुग्छन्, कहिले आफै दल खोल्छन् तर ८–१० जना आसेपासे नखाएर तिम्लिाउँछन् । ति बहुरुपी विद्वानले अस्तिका दिन अरुको जमघटलाई निभ्ने बेलाको बत्ती भन्दा तिनको विद्धता देखेर घण्टाघरलाई पनि कुरीकुरी लागेर आयो । अर्काको खिसीटेउरी गर्न ती गन्धे विद्वानलाई कस्ले भेट्ने ?
पञ्च याली हो रे

राज्येको ढुकुटीबाट प्राण धानेका अकबारे बाजे माने झल्ला झलुले अस्तिका दिन भन्या एमालेको विधान महाधिवेशन दक्षिपन्थी धुपौरेहरुको पञ्च ¥याली हो रे । जे होस अकबरे बाजे कहिलेकाँही खाँटी गफ जोत्छन् । उठेर हिँड्न सक्ने लुर छैन तर अरुको खिसीटेउरी गर्नचाहिँ न्वारानदेखिको बल लगाउँछन् । हुन त आफूले गर्न नसक्ने भएसी अरुको खिसी टेउरी गरेर चित्त बुझाउनै प¥यो । घरले जाजा घाटले आइज आइज भन्ने बेलामा के पधेर्नी आइमाइको जस्तो कुरा ग¥या होलान ? वामपन्थी ¥यालीलाई पनि त्यसरी पञ्च ¥याली त भन्दिनु भएन नि सर्पनाथ जी ।
भातमाराहरुलाई उपचार
हैन हौ यो देशमा जन्ताले तिरेको कर भातमारा नेताहरुको उपचारमै सिद्धिने भयो भनेर माइला वा अस्तिका दिन गन गन गर्दै थिए । बाले भन्या साँच्चै नै हो । कोही अन्डकोष सुन्निएर जन्ताले तिरेको करको विटो बोकेर विदेश पुग्छन्, कोही गिलो आँची आयो भनेर पुग्छन्, कोही हाच्छिउ आयो भनेर पुग्छन्, कोही के भनेर पुग्छन् । अस्तिका दिन अर्का एकजना भातमारा नेता श्रीमतिसमेत लिएर जन्डिसको उपचार गर्न थाइल्याण्ड पुगेछन् । आपका धन न बामका धन । सत्तामा नहुँदा पनि लुट्ने, सत्तामा हुँदा झन बढी लुट्ने यिन्लाई कहिलेसम्म धान्दिनु पर्ने हो ? अति गर्नु अत्याचार नगर्नु भन्छन् । कुन दिन जन्ताले तिन्का पिँधमा पुल्ठो झोसेर खेद्छन् थाहा हुन्छ ।
काग ज्यादा बाठो हु“दा
काग बढी बाठो हुँदा मान्छेको नरक खान पुगेको हो । नेपालका केही नेताहरु यतिबेला कागझै बाठो बन्दै गएका छन् । आफ्नै घर जलाएर दुई चार जना मति बिग्रेका छौडाछौडी साथमा लगाएर हिँडेका माकुन्याउले अस्तिका दिन भन्या अब हुने चुनावपछि खप्रओ बाल्वाकोट बार्दलीमा बसेर उखान टुक्का भनेर गलल हाँसेछन् । हैन हौ ती माकुनेले चाहिँ कहाँबाट चुनाउ जित्छन् होला ? पहिला पनि दुई दुई ठामबाट चिम्लिफाँक भएका थिए अबचाहिँ पाहा पछारिएर उत्तानो परेझैँ पर्ने भए । धेरै उम्लिनु हुँदैन । चुनाउपछि कोटेश्वरमा गायत्रीसँग बसेर विलौना गर्नुपर्ला नि †
दश लखन्तरे लम्पसार
खप्रओ छाडेर माकुनेको पछि लाग्दा केही झर्ला जस्तो नदेखेपछि लुरु लुरु फर्किएका दशजना हिजोआज लल्याकलुलुक भएछन् । पहिला सांसद विघटन गर्नु गल्ति हो, पुनः स्थापना हुनुपर्छ भन्दै हामी यता छम भन्ने पम्प्लेट छातीमा टाँसेर हिँडेकाहरु अहिले आएर संसद विघटन गरेको ठीक हो भन्दै भजन गाउन थाल्या छन् । छेपारोले झै रंग फर्नै बडो माहिर रै’छन् । विचराहरु के पो गरुँन ? माकुनेसँग टाँसिदा अब आउने चुनाउमा चिलिम हुने देखेसी’ खप्रओतिर लसपस गर्न आएका छन् । यताको मुरली नबजाए विचराहरुसँग उपाय नै छैन ।
उपिन्दरको कन्त विजोग
केही दिन अगाडिसम्म उपिन्दरको कम्ता चुरीफुरी थिएन । नहोस पनि किन ? निर्वाचन आयोग र अदालतले उनलाई आधिकारिता जो दिएको थिए । आधिकारिकता पाउँदा गमक्क फुलेका थिए । अब भने जादवलाई कन्पारो दुखाई भएको छ । छुट्टिदा आफ्नो भागमा परेका सबै सांसदलाई मन्तरी चाहिएको छ । मन्तरी नदिम भने ठाकुरसित पोइला जालान् भन्ने त्रास दिम भने आफनो मागमा गोडा सातेकको मात्र कोटा परेको छ । अर्काेतिर बाउरामकी हिससिला पनि बुरुक बुरुक गर्दैछिन् । बरु सरकारमा कसैलाई नपठायो लन्ठै साफ ।
अन्तेमा
नेप्लिज काँग्रेसभित्र यतिबेला भाले भिडन्त चल्दै छ । माने महाधिवेशनमा पद हत्याउन आफ्नै मान्छे पनि बैरी भा’छन् । एउटा गुटको लखन्तरे अर्को गुटसँग पानी बाराबार गरेर ठुस्किदै मुन्टो बटारेर हिँड्न थाल्या छन् । कहीँ निर्वाचन अधिकृत नै गायव भा’छन्, कही लाठी मुंग्रा चल्या छन् । जे होस् नेप्लिज काँग्रसभित्रको भाले जुधाईले मनोरञ्जनचाहिँ प्रदान गरेका छन् ।
